नेपालीलाई भुटानी बनाएर विदेश पठाउने गिरोह पक्राउ, प्रतिव्यक्ति ३० लाखसम्म असुल्थे

नेपालीलाई भुटानी बनाएर विदेश पठाउने गिरोह पक्राउ, प्रतिव्यक्ति ३० लाखसम्म असुल्थे

काठमाडौँ : ८१ जना नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाएको आरोपमा ३ जना पक्राउ परेका छन्।

उपत्यका अपराध अनुसन्धान कार्यालयले नेपाली नागरिकलाई भुटानी बनाएर विदेश पठाएको आरोपमा केशव दुलाल, सानु भण्डारी र टेक गुरुङलाई पक्राउ गरेको हो।

उनीहरूले चार वर्षदेखि यो धन्दा चलाएको र यसबिचमा उनीहरूले ८१ जनालाई विदेश पठाइसकेको प्रहरीको दाबी छ।

नेपालमा रहेका भुटानी शरणार्थीहरूलाई भुटान फर्काउन नसकेपछि अमेरिका लगायतका देशहरूले उनीहरूलाई पुनर्वासको सुविधा दिएका थिए। सो अनुसार विभिन्न देशहरूमा भुटानी शरणार्थी पुगेका छन्।

त्यही मौका उनीहरूले नेपाली नागरिकलाई भुटानी शरणार्थीको कागज बनाएर विदेश पठाएबापत प्रतिव्यक्ति २५ देखि ३० लाख रुपैयाँसम्म लिने गरेका थिए।

१२ चैत, २०७९, १८:४८:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।