जर्मनीले पेरुलाई २-० हरायो, फुलक्रगले गरे दुवै गोल

जर्मनीले पेरुलाई २-० हरायो, फुलक्रगले गरे दुवै गोल

एजेन्सी : जर्मनीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पेरुलाई २-० गोलअन्तरले पराजित गरेको छ।

घरेलु मैदानमा दक्षिण अमेरिकी देश पेरुलाई हराउन जर्मनीका लागि दुवै गोल फुलक्रगले पहिलो हाफमै गरेका थिए।

गएराति भएको खेलको १२ औं मिनेटमा नै फुलक्रगले जर्मनीलाई अग्रता दिलाउँदा ३३ औं मिनेटमा दोस्रो गोल गरेका थिए।

यसपछि खेलको ६८ औं मिनेटमा पाएको पेनाल्टीलाई भने काई हाभर्टले खेर फाल्दा जर्मनीले तेस्रो गोल गर्ने मौका भने गुमाएको थियो।

१२ चैत, २०७९, ०९:४७:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।