‘बरु ज्वाइँको थर र गोत्र बदलेर शासक बनाए तर छोरीलाई राजकाज दिएनन्’

‘बरु ज्वाइँको थर र गोत्र बदलेर शासक बनाए तर छोरीलाई राजकाज दिएनन्’

नेपालमा ११५० सालदेखि १७५० सम्म मल्लकाल रह्योल। मल्लकालमा नेपाल एकै राज्य थिएन, विभिन्न उपराज्यहरू थिए। कान्तिपुर (काठमाडौं), भादगाउँ (भक्तपुर) र पाटन (ललितपुर)गरी तीन राज्य थिए।

नायकीदेवीलाई हात लिनु राज्यधिकार हात पर्नु थियो। नायकीदेवीमा धेरैको दृष्टि परेको थियो। नायकदेवीको ३ जनासँग विवाह भएको पाइन्छ। सुरूमा हरिषचन्द्रसँग उनको विवाह भयो।

लडाइँ गरेर लिनु अलग कुरा नत्र राजतन्त्रकालीन समयमा राजाको उत्तरधिकारी उनका छोरा बाहेक अन्य हुने थिएनन्। त्यसमा पनि जेठो छोरा।

राजाको आफ्नो छोरा नभएको खण्डमा छोरीलाई उत्तराधिकारी नबनाइ ज्वाइँलाई राजा बनाएको इतिहास पाइन्छ। नत्र छोरीको छोरा अर्थात नातीसम्म पुगेको पाइन्छ।

नेपालमा विवाहको डोलाजी प्रथा नभएको होइन। केटाको जन्मघर जानु सामान्य तर श्रीमतीको जन्मघरमा घरज्वाइँ बस्नु नेपाली समाजमा अझै सहज भइसकेको छैन। तर इतिहासमा ‘घरज्वाइँ’ बस्ने पनि चलन भएको पाइन्छ।

मल्लकालीन अभिलेख अनुसार वि.सं. १३०० सालमा नेपालका राजा अभय मल्ल थिए। त्यसपछि रुद्रमल्ल राजा भए। १३८३ मा ३० वर्षको उमेरमा रुद्रमल्लको मृत्यु भयो।

१३७७ मा रुद्रमल्लले आफ्ना नातेदार अरी मल्ललाई देउपाटनमा राज्यभिषेक दिई आनन्दमल्लको उत्तरधिकारी बनाए। १३७३ देखि नेपाल उपत्यकाको राजगद्धीमा आनन्द मल्ल थिए। दुवै मिलेर शासन चलाए।

उनका वीर मल्ल र त्रिभुवन मल्ल दुई छोरा थिए। तर सानैमा उनीहरूको मृत्यु भयो। उनको छोरी नायकी देवी मल्ल पनि थिइन्। रुद्रमल्लको मृत्युपछि नायकदेवीको पालनपोषण भार उनको बज्यै पदुमलदेवीले उठाइन्।

देवलदेवीले नायकदेवीको हेरचाह गर्न थालिन्। राजगद्दीमा भने अरी मल्ल नै थिए। नायकीदेवी बाबुको हकवाला भइन्।

नायकीदेवीलाई हात लिनु राज्यधिकार हात पर्नु थियो। नायकीदेवीमा धेरैको दृष्टि परेको थियो। नायकदेवीको ३ जनासँग विवाह भएको पाइन्छ। सुरूमा हरिषचन्द्रसँग उनको विवाह भयो।
हरिषचन्द्रको  हत्या भयो अनि गोपालचन्द्र र जगतसिंहसँग उनको विवाह भयो। यो हत्याका कारण नायकदेवीसँग विवाह गर्न पाए राजा हुने लोभ नै देखिन्छ।

नायकदेवीको मृत्यु हुँदा उनकी छोरी १० दिनकी थिइन्। जगतसिहंसँग विवाहपछि उनले राजल्लदेवीलाई जन्म दिएकी थिइन्। यसरी राजल्लदेवी राज्यको उत्तरधिकारी भइन्। ठिमाहा पट्टीको १४०४ श्रावणमा राजदेव राजगद्दीमा आए। तर, आधा राज्यको उत्तरधिकारी राजल्लदेवी नै थिइन्।

छोरीलाई सत्ताको उत्तरधिकारी मानेपछि ज्वाँइलाई घर भित्राउने तथा गोत्रसमेत त्याग्न लगाएर राजकाजको जिम्मा ज्वाइँलाई नै सुम्पेको पाइन्छ। तर, मल्लकालमा पनि छोरीले शासन चलाएको पाइँदैन।

राजल्लदेवीलाई देवलदेवीले काखमा लिइ हर्ताकर्ता बनेर राजकाज गरिन्। राजा नभएको मौकामा ठाउँ-ठाउँका महापात्रहरू तथा अधिकारीहरू स्वतन्त्र हुने प्रयासमा लागे। महामन्त्री अनखरामको सहायताबाट देवलदेवीले ठाउँ-ठाउँमा आफैँ गई तिनीहरूलाई कज्याइन्।

आदित्य मल्लका खस सैनिकहरू लेइस १३३४ मा राजा पुण्य मल्लको नेतृत्वमा गरेको आक्रमणमा देवलदेवीले धैर्यता र वीरताको साथ प्रतिरोध गरिन्।

१४०६ मा बंगालका सुल्तान शमसुद्दिनले ठूलो फौज साथ उपत्यकाको तीनै राज्य आक्रमण गरेर लुटपाट गरे। यिनी कुशल प्रशासक भइसकेकी थिइन्।

१४११ मा राजल्लदेवी ८ वर्षकी भइन्। देवलदेवीले उनको विवाह जयस्थिति मल्लसँग गरिदिइन्। नेपाल उपत्यकाको राजकाजजयस्थीति मल्लको हातमा आयो।

जयस्थीति मल्लले विवाहपछि आफ्नो बाबुको गोत्र त्याग गरेर रुद्रमल्ल अर्थात राजल्लदेवीको गोत्र ग्रहण गरे। पशुपतिको देवपाटनको जयवागेश्वरीमा रहेको एक शिलालेखमा त यिनले आफ्नो पिता  पितामहको समेत नाम उल्लेख नगरी सगर्व राजल्लदेवीको श्रीमान् भनेर आफ्नो परिचय उल्लेख गरेका छन्।

शिलापत्रमा ‘जुनले चन्द्रमा जस्तै सफा किर्तीले सुहाएका जयस्थीति मल्ल आफ्ना नामले प्रख्यात भएका राजा नेपालमा हुनुहुन्छ। रघुकुलमा जन्मिएका जयस्थीति मल्लका पृथ्वीमा प्रार्दुभाव भएकी लक्ष्मी जस्ती शत्रु राजाहरूको श्रीपेचका फूलले पाउ सिँगारिएको पतिव्रता, खुब धर्म, कर्म गर्ने, सुन्दरी ठूलो प्रतापको आगोले शत्रुका घमण्डरूपी बनलाई डढाएकी राजल्लदेवी भनी प्रख्यात भएकी पत्नी हुनुभयो’ भन्ने उल्लेख छ।

विवाह गरेकीबाट छोरा नभएको खण्डमा छोरीको छोरालाई पनि राजा बनाउने, बरु ‘ज्वाइँलाई’ उसको साविकको थर र गोत्र परिर्वतन गर्न लगाएर भए पनि सत्ता दिने तर आफ्नै छोरीलाई नदिने व्यवहार उहिल्यैबाट थियो।

सत्ताको उत्तराधिकारी छोरा नभएको खण्डमा छोरीलाई समेत मानेको पाइन्छ। छोरीलाई सत्ताको उत्तरधिकारी मानेपछि ज्वाँइलाई घर भित्राउने तथा गोत्रसमेत त्याग्न लगाएर राजकाजको जिम्मा ज्वाइँलाई नै सुम्पेको पाइन्छ। तर, मल्लकालमा पनि छोरीले शासन चलाएको पाइँदैन।

भित्रभित्र रानीको सल्लाह मानेपनि राज्य भने राजाले नै चलाएको देखिन्छ। छोरा नभएको खण्डमा समेत छोरीलाई राजकाज चलाउन सिकाउने गरेको पाइँदैन। घरज्वाइँ नै ल्याएर भए पनि पुरुषलाई नै सत्ता सुम्पिएको देखिन्छ।

०००

ललितपुर (तत्कालीन पाटन)का राजा योगनरेन्द्र मल्लको (१६८५–१७०५) विवाह गरेको श्रीमतीपट्टी मैँया योगमती नाम गरेकी छोरी थिइन्। योगनरेन्द्रको ‘भित्रीया’पट्टी महिन्द्र मल्ल छोरा पनि थिए। तर, त्यतिबेलाको चलनअनुसार विवाह गरेको श्रीमतीबाट भएको सन्तानलाई मात्र राज्यको उत्तराधिकारी बनाउने चलन थियो।

त्यसकारण योगमतीका श्रीमान् पनि दरबारमानै भित्र्याइएका थिए। योगमतीका श्रीमान्ले आफ्नो साविकको थर र गोत्रलाई परित्याग गरेर योगमतीकै थर गोत्रलाई ग्रहण गरेका थिए।

उनीहरुको छोरा लोकप्रकाश मल्ल थिए। योगेन्द्रमल्लको असामयिक निधनपछि लोकप्रकाश मल्ललाई राजा बनाइयो। यसबाट जसरी पनि पुरुषलाई मात्र शासन सत्ताको बागडोर दिने प्रचलन स्थापित भएको पुष्टि हुन्छ।

विवाह गरेकीबाट छोरा नभएको खण्डमा छोरीको छोरालाई पनि राजा बनाउने, बरु ‘ज्वाइँलाई’ उसको साविकको थर र गोत्र परिर्वतन गर्न लगाएर भए पनि सत्ता दिने तर आफ्नै छोरीलाई नदिने व्यवहार उहिल्यैबाट थियो।

छोरा नभएको तर छोरी भएको अवस्थामा पनि राजकाजका लागि पुरुषकै खोजियो। छोरीको विवाह गरेर घरज्वाइँ राखेर भए पनि पुरुषलाई नै शासन सुम्पेको पाइन्छ।

महिला नायबीसम्म भएको पाइन्छ। तर, शाहकालको अन्त्यसम्म पनि राजगद्दीमा महिला बस्न पाएनन्। प्रत्यक्ष रूपमा पूर्ण शासन गर्न पाएनन्।

त्यतिनैबेला कान्तिपुरका राजाको  भुपालेन्द्रको निधन भएपछि  भास्कर मल्ल राजा भए। यिनी साना भएकाले मुमा महारानी भुवनलक्ष्मीले नायवी चलाइन्।

भुवनलक्ष्मीले पाटनमा महिन्द्र मल्ल राजा हुनपर्ने मत राखेर एक सय जनालाई पठाएकी पनि थिइन्। तर योगमतीले उनीहरूलाई धपाउन सफल भइन्। यतिबेला दुई शासकबीच शक्तिसंघर्ष चलेको बुझ्न सकिन्छ। यसलाई छोरा नभएको खण्डमा ज्वाइँलाई सत्ता सुम्पेको छिमेकीले स्वीकार नगरेको रूपमा पनि लिन सकिन्छ।

यसरी हेर्दा छोरा भएको अवस्थामा त सम्भव हुने कुरै भएन। छोरा नभएको तर छोरी भएको अवस्थामा पनि राजकाजका लागि पुरुषकै खोजियो। छोरीको विवाह गरेर घरज्वाइँ राखेर भए पनि पुरुषलाई नै शासन सुम्पेको पाइन्छ।

यसको प्रभाव इतिहास लेखनमा नपर्ने कुरै भएन। त्यसैले त इतिहासमा जयस्थीति मल्लको जति गुणगान भेटिन्छ देबलदेवीको नाम कमै सुनिन्छ।

देवलदेवीले राजल्लदेवीलाई पनि शासन चलाउन सिकाएको पाइँदैन। यति हुँदा-हुँदै पनि भक्तपुरकी देवलदेवी र ललितपुरकी योगमतीले त्यतिबेला आफ्नो राज्य जोगाउन गरेको मिहिनेतलाई कम आँक्न मिल्ने देखिँदैन।

१४०६ मा बंगालका सुल्तान शमसुद्दिनले आक्रमण गरेपछिको पुन:निर्माण कसरी गरिन्? कुन अक्कलले वरपरका रजौटालाई कज्याएर राखिन्? उनमा राजनीतिको कस्तो क्षमता थियो त्यो कुनै इतिहासमा खुल्दैन।
क्रमश :

सन्दर्भ सूची 
१.  आचार्य, बाबुराम। वि.सं.२०६० अश्विन ५ गते। श्री ५ प्रतापसिंह शाह। काठमाडौं। अन्तर्राष्ट्रिय छापाखाना प्राली, सम्पादक तथा प्रशासक प्राध्यापक श्रीकृष्ण आचार्य।
२.  पन्त, दिनेशराज। २०७६। नेपाल एकीकरणमा राजेन्द्र लक्ष्मीको योगदान। नागरिक परिवार, चैत्र २६।
३.  पन्त, नयराज।  २०१६ मंसिर। इतिहास संशोधनको प्रमाण प्रमेय (पहिलो भाग)।काठमाडौं : जगदम्बा प्रकाशन।
४.  प्रकाशन मिति २०३७ ग्रन्थकार धनबज्र बज्राचार्य, टेकबहादुर श्रेष्ठ पहिलो भाग शाहकलका इतिहास प्रकाशक नेपाल र एसीयाली अनुसन्धान केन्द्र त्रिभुवन विश्वविद्यालय कीर्तिपुर।
५. आचार्य, बाबुराम। नेपाल, तिब्बत र चीन। २०७४। फाइनप्रिन्ट।
६.  नेपाल, ज्ञानमणि। नेपाल निरुत्त। वि.सं. २०४० काठमाडौं : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान।
७.  पन्त, दिनेश। २०७६। लिच्छविकालमा राज्यवतीले जोगाएको नेपाल, नागरिक परिवार, ३० फागुन।
९. पुस्तकः लेभी, सिल्भाँ। सन् २००७। नेपाल अधिराज्यका इतिहास। काठमाडौं : हिमाल किताब।
१०. मानान्धर, त्रिरत्न। नेपालको इतिहासमा जंगबहादुर। २०७७ काठमाडौं : मञ्जरी पब्लिकेशन।

२७ फागुन, २०७९, ०९:१६:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।