राेनाल्डाेदेखि नेयमारसम्म: यी फुटबल स्टारहरुले मनाउँदै छन् आज जन्मदिन

राेनाल्डाेदेखि नेयमारसम्म: यी फुटबल स्टारहरुले मनाउँदै छन् आज जन्मदिन

एजेन्सी: आजकाे दिन (फेब्रुअरी ५)मा राेनाल्डाेदेखि नेयमारसम्मका विश्व फुटबलका स्टार खेलाडीहरुको जन्मदिन परेको छ।

पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानाे राेनाल्डाे आजकै दिनदेखि ३७ वर्षका लाग्दै छन्।

रोनाल्डो जस्तै ब्राजिल तथा पीएसजीका स्टार खेलाडी नेयमारकाे पनि जन्मदिन फेब्रुअरी ५ मा नै हाे। यसलाई ठूलाे संयोग मानिन्छ कि विश्व फुटबलका यी दुई स्टारकाे जन्मदिन एकै दिनमा हाे।

नेयमार भने ३० औं जन्मदिन मनाइरहेका छन्। रोनाल्डो र नेयमार मात्र होइन अर्जेन्टिनाका पूर्व स्टार खेलाडी कार्लाेस टेभेजकाे पनि जन्मदिन आजै हाे।

त्यसैगरी, राेमानिया तथा बार्सिलाेना र रियल मड्रिडका पूर्व स्टार खेलाडी जर्जे हागी लगायत एक दर्जन फुटबल खेलाडीहरुकाे जन्मदिन आजै परेको छ।

२२ माघ, २०७९, १६:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।