पीएसजी विजयी, मेस्सीको उत्कृष्ट गोल

पीएसजी विजयी, मेस्सीको उत्कृष्ट गोल

काठमाडौं: जारी फ्रेन्च लिग वानमा पीएसजीले टुलोजलाई २-१ गोलअन्तरले पराजित गरेको छ। गए राति सम्पन्न खेलमा पीएसजीका लागि अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले उत्कृष्ट एक गोल गरेका थिए।

खेलको २०औँ मिनेटमा गोल गर्दै टुलोज १-० ले अघि थियो। टुलोजका लागि ब्रान्को भान डेकोले गोल गरेका थिए।

पछि खेलको ३८औँ मिनेटमा पीएसजीका अस्राफ हकिमीले गोल गर्दै बराबरीमा पुर्याए। यस्तै खेलको ५८औँ मिनेटमा लियोनल मेस्सीले डी एरिया बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो।

योसँगै पीएसजी आठ अङ्कको अग्रता बनाउँदै अङ्क तालिकाको शीर्ष स्थानमा कायम छ।

२२ माघ, २०७९, ०७:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।