सुनको मूल्यले रच्यो कीर्तिमान, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यले रच्यो कीर्तिमान, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं: नेपाली बजारमा आज सुनको मूल्यले कीर्तिमान रचेको छ। सुन हालसम्मकै महँगो भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक हजार दुई सय रुपैयाँले बढेको छ। छापावाल सुनको मूल्य आज एक लाख सात हजार पाँच सय रुपैयाँ तोकिएको छ।

आज तेजाबी सुन एक लाख सात हजार रुपैयाँ प्रतितोला कायम भएको छ।

यस्तै आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।

१९ माघ, २०७९, १२:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।