एएफसीको कार्यसमिति सदस्यमा निर्वाचित भए एन्फा अध्यक्ष नेम्वाङ

एएफसीको कार्यसमिति सदस्यमा निर्वाचित भए एन्फा अध्यक्ष नेम्वाङ

काठमाडाैंः अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ एशियाली फुटबल महासंघ (एएफसी) को कार्यसमिति सदस्यमा निर्वाचित भएका छन्।

बहराइनमा बुधबार भएको एएफसीको ३३ औं चुनावी सभाबाट नेम्वाङ कार्यसमिति सदस्य निर्वाचित भएकाे एन्फाले जनाएकाे छ।

उनी एफसीकाे दक्षिणी क्षेत्रबाट कार्यसमिति सदस्यमा निर्वाचित भएका हुन्। नेम्वाङकाे कार्यकाल सन् २०२७ सम्मकाे लागि चार वर्षकाे रहने छ।

१८ माघ, २०७९, १८:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।