भारत र न्युजिल्याण्डबीच तेस्रो र निर्णायक टी-ट्वेन्टी आज

भारत र न्युजिल्याण्डबीच तेस्रो र निर्णायक टी-ट्वेन्टी आज

काठमाडौं: भारत र न्युजिल्याण्डबीचको तेस्रो तथा निर्णायक टी ट्वेन्टी आज हुँदैछ। नेपाली समयअनुसार ७:१५ बाट खेल सुरु हुनेछ।

अहमदावादको नरेन्द्र मोदी रङ्गशालामा खेल हुनेछ। यसअघि दोस्रो खेल लखनऊको इकाना रङ्गशालामा भएको थियो। त्यहाँ खेलपछि भारतीय कप्तान हार्दिक पाण्ड्याले पिच खराब भएको बताएका थिए।

त्यसपछि पिच क्यूरेटर सुरेन्दर यादवलाई हटाइएको थियो। खेल हुनुपूर्व अन्तिम समयमा कालो पिचलाई रातो पिचमा बदलिएको बताइएको छ।

यसअघि पहिलो खेल न्युजिल्याण्डले २१ रनले भारतलाई हराएको थियो। दोस्रो खेलमा कमब्याक गर्दै भारतले ६ विकेटले न्युजिल्याण्डलाई हराएको थियो।

आज जित्ने टोलीले शृङ्खला कब्जा गर्नेछ।

१८ माघ, २०७९, १४:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।