चर्काे विवादपछि क्यानका कार्यवाहक सचिवले दिए राजीनामा

चर्काे विवादपछि क्यानका कार्यवाहक सचिवले दिए राजीनामा

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले राजीनामा दिएका छन्।

मंगलबार बसेको कार्यसमिति बैठकमा मल्ले पदबाट राजीनामा दिएका हुन्।नेपाल टी २० लिग, फिक्सिङलगायतका विविध विषयमा आलोचना भएपछि उनले राजीनामा दिएका हुन्।

मल्ल नेपाल टी-२० लिगको गर्भनिङ काउन्सिलका अध्यक्षसमेत थिए। लिगमा स्पट फिक्सिङ भएपछि क्यान र वर्तमान नेतृत्वको तीव्र आलोचना भइरहेकाे छ।

 उनी २०७६ असोज ११ मा क्यानको निर्वाचनबाट केन्द्रीय सदस्यमा नियुक्त भएका थिए।

गत वर्ष तत्कालीन सचिव अशोकनाथ प्याकुरेलले राजीनामा दिएपछि मल्लले कार्यवाहकको जिम्मेवारी पाएका थिए।

पाेखरामा कार्यसमिति बैठक सुरू हुनुअघि मंगलबार सात सदस्यले अध्यक्षसहित पदाधिकारीकाे राजीनामा मागेका थिए।

१८ माघ, २०७९, ०९:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।