विश्वकपकाे क्वार्टरफाइनलसम्म पुग्न नसकेपछि भारतका मुख्यसहित तीन प्रशिक्षकद्वारा राजीनामा

विश्वकपकाे क्वार्टरफाइनलसम्म पुग्न नसकेपछि भारतका मुख्यसहित तीन प्रशिक्षकद्वारा राजीनामा

एजेन्सी : विश्वकप जित्न नसकेपछि भारतीय हक्की टोलीका मुख्य प्रशिक्षक ग्राहम रीडले राजीनामा दिएका छन्।

आइतबार ओडिशामा सम्पन्न पुरुष हक्की विश्वकपको समापनपछि रीडले सोमबार राजीनामा दिएका हुन्। उनले हक्की इन्डियाका अध्यक्ष दिलीप टिर्कीलाई राजीनामा बुझाएका हुन्।

मुख्य प्रशिक्षक रिडसँगै विश्लेषणात्मक प्रशिक्षक ग्रेग क्लार्क र वैज्ञानिक सल्लाहकार मिचेल डेभिड पेम्बर्टनले पनि राजीनामा दिएका छन्।

यस विश्वकपमा भारतीय टोलीको प्रदर्शन निकै निराशाजनक रह्यो र टोली क्वार्टरफाइनलसम्म पुग्न सकेन। भारत यस प्रतियोगितामा नवौं स्थानमा रहेको थियो।

अष्ट्रेलियाका पूर्व मिडफिल्डर रीड २०१९ देखि भारतीय टोलीका प्रशिक्षक थिए र उनको नेतृत्वमा टोलीले २०२१ मा टोकियो ओलम्पिकमा कास्य पदक जितेको थियो।

यति मात्र होइन, २०२२ को राष्ट्रमंडल खेलमा भारतले रजत पदक जितेको थियो।

१६ माघ, २०७९, २१:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।