अमेरिकाको क्यालिफोर्नियामा सातामै दोस्रो गोलीकाण्ड, तीन जनाको मृत्यु, चार घाइते

अमेरिकाको क्यालिफोर्नियामा सातामै दोस्रो गोलीकाण्ड, तीन जनाको मृत्यु, चार घाइते

एजेन्सी: अमेरिकाको क्यालिफोर्नियामा एक सातामै दोस्रो पटक गोलीकाण्ड भएको छ। शनिबार भएको यो पछिल्लो गोलीकाण्डमा परेर तीन जनाको ज्यान गएको छ भने अरू चार जना घाइते भएका छन्।

लस एञ्जलसको छिमेकी बेभरली क्रेस्ट क्षेत्रमा शनिबार बिहानीपख भएको सो गोलीकाण्डमा परेर मारिनेमा दुई जना पुरुष र एक महिला छन्। घाइतेलाई नजिकैको अस्पताल लगिएको र उनीहरूको अवस्था गम्भीर रहेको केएबीसी टेलिभिजनले जनाएको छ।

लस एञ्जलसको उक्त क्षेत्रको एक सडकमा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरेको बताइएको छ।

सडकमा गुडिरहेको एक गाडीमाथि सो व्यक्तिले गोली प्रहार गरेका थियो। सवारीमा रहेका तीन जनाको ज्यान गएको थियो।

त्यस्तै सडकमा हिँडिरहेका अरू चार जना घाइते भएका पनि सो टेलिभिजनले जनाएको छ। गोली प्रहार गर्नेको खोजी प्रहरीले गरिरहेको बताइएको छ।

६ दिनअघि पनि एक रेष्टुराँमा भएको गोली प्रहारमा परेर ११ जनाको ज्यान गएको थियो। त्यसपछि गत सोमबार मात्र पनि अर्काे प्रहारमा परेर मानिसको ज्यान गएको थियो।

१५ माघ, २०७९, १२:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।