साउदी लिगबाट अल-नासर बाहिरिनुकाे दाेष राेनाल्डाेमाथि, स्टेडियममा ‘मेस्सी..मेस्सी..’को नारा गुञ्जियाे

साउदी लिगबाट अल-नासर बाहिरिनुकाे दाेष राेनाल्डाेमाथि, स्टेडियममा ‘मेस्सी..मेस्सी..’को नारा गुञ्जियाे

एजेन्सी : अल–इतिहादसँग ३–१ ले पराजित भएपछि क्रिस्टियानो रोनाल्डोआबद्ध अल–नासर साउदी सुपर कपबाट बाहिरियो। १५ मिनेटमै रोमारिन्होले अल इतिहादलाई अग्रता दिलाएका थिए।

पहिलो हाफमा क्रिस्टियानो रोनाल्डोले गोलमा सटिक प्रहार गरे पनि गोल गर्न भने सकेनन्। व्यवस्थापक रुडी गार्सियाका अनुसार यदि रोनाल्डोले त्यो महत्वपूर्ण समयमा आफ्नो लाइनबाट नबहकिएको भए नतिजा फरक हुनसक्ने बताएका छन्।

गार्सियाले खेलपछि पत्रकारहरूलाई भने, ‘खेलको माहोल बललिनुको एउका मुख्य कारण भनेको क्रिस्टियानो रोनाल्डोले पहिलो हाफमा गुमाएकाे मौका थियो।’

पहिलो हाफमै २–० ले पछि परिसकेको अल–नासरका लागि ६७औं मिनेटमा एन्डरसन तालिस्काले गरे। तर त्यो गोलमात्र पर्याप्त थिएन जितका लागि। यसैबीच इतिहादका मुहन्नाद अल सानकीतीले इन्जुरी समयको तेस्रो मिनेटमा गोल गरेर टिमलाई ढुक्को स्थितिमा पुर्याए।

खेलपछि प्रबन्धकले मात्र होइन अल–इतिहादका फ्यानहरूले उनलाई पनि गाली गरेका थिए। खेलको अन्त्यमा, उनीहरूले अर्जेन्टिनाका लिजेन्ड लियोनेल मेस्सीको नाम जप्दै रोनाल्डोलाई गाली गरेका हुन्। सोशल मिडिया प्रयोगकर्ताहरूले ‘मेस्सी, मेस्सी’ भन्दै समर्थकहरूले भरिएको स्टेडियमको भिडियो पोस्ट गरेका थिए।

सेमिफाइनलको खेलमा रोनाल्डोले गोल गर्ने दुईवटा अवसर पाए पनि विपक्षीका दुई डिफेन्डरले उनलाई मार्क गर्दा त्यसको सदुपयोग गर्न सकेनन्। रोनाल्डोलाई मार्किङ गरेर नै उनीहरूले खेल जिते।

१४ माघ, २०७९, १९:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।