भारतीय वायुसेनाकाे सुखोई ३० र मिराज २००० जहाज मध्य प्रदेशमा खस्याे

भारतीय वायुसेनाकाे सुखोई ३० र मिराज २००० जहाज मध्य प्रदेशमा खस्याे

एजेन्सी : भारतीय वायुसेनाका दुई लडाकु विमान सुखोई ३० र मिराज २००० मध्य प्रदेशको मोरेना जिल्लामा दुर्घटनाग्रस्त भएका छन्।

मोरेनाका जिल्ला प्रहरी उपरीक्षक आशुतोष बागरीले घटनाको पुष्टि गरेका छन्। मध्य प्रदेशका एडीजी आदर्श कटियारका अनुसार विमान दुर्घटनाको कारण स्पष्ट भइसकेको छैन।

उनले भने, ‘विमान हावामा एकअर्कासँग ठोक्किएका हुन् वा होइनन् भन्ने स्पष्ट छैन।’

दुर्घटनामा परेका लडाकु विमानबाट दुई जना पाइलटले आफूलाई अलग गरेको तर तेस्रो पाइलटको जानकारी भने पाउन नसकेको आदर्श कटियारले बताए।

समाचार एजेन्सी पीटीआईका अनुसार दुर्घटना हुनुअघि भारतीय वायुसेनाका दुईवटा लडाकु विमान ग्वालियर विमानस्थलबाट उडेका थिए।

घटनाप्रति दुःख व्यक्त गर्दै मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले ट्वीटरमा लेखेका छन्, ‘मुरैनाको कैलारस नजिक वायुसेनाको सुखोई–३० र मिराज–२००० विमान दुर्घटनाको खबर अत्यन्तै दुःखद छ।’

१४ माघ, २०७९, १४:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।