एयर इण्डिया एक्सप्रेसका कर्मचारीहरू एकैपटक बिदा बसेपछि ७० भन्दा बढी उडान रद्द

एयर इण्डिया एक्सप्रेसका कर्मचारीहरू एकैपटक बिदा बसेपछि ७० भन्दा बढी उडान रद्द

एजेन्सी : एयर इन्डिया एक्सप्रेसका धेरै कर्मचारीले एकैपटक बिदा लिएपछि कम्पनीले धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान रद्द गरेको छ।

समाचार एजेन्सी एएनआईका अनुसार एयर इन्डिया एक्सप्रेसले मंगलबार रातीदेखि बुधबार बिहानसम्मका ७० भन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय उडानहरू रद्द गरेको छ।

एजेन्सीले यसको पछाडि चालक दलका वरिष्ठ सदस्यहरू बिदामा गएको बताएको छ।

यसैबीच, कम्पनीले कर्मचारीहरू एकैपटक बिदा बस्नुको कारण पत्ता लगाउन र समस्या समाधान गर्ने प्रयास भइरहेको एयर इन्डिया एक्सप्रेसका प्रवक्ताले बताएका छन्।

आकस्मिक उडान रद्द भएको भन्दै धेरै यात्रुले सामाजिक सञ्जालमा गुनासो पनि गरिरहेका छन्।

मिडिया रिपोर्टका अनुसार कर्मचारीहरूले टाटा समूहको स्वामित्वमा रहेको एयरलाइन्समा रोजगारीका नयाँ सर्तहरूको विरोध गरिरहेका छन्।

२६ बैशाख, २०८१, १४:१५:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।