‘पठान’को पहिलो दिनको कमाइ कति?

‘पठान’को पहिलो दिनको कमाइ कति?

काठमाडौं : करिब चार वर्षपछि शाहरुख खानको फिल्म पठान ठूलो पर्दामा आएको छ।

बुधबार रिलिज भएको शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम स्टारर फिल्मले पहिलो दिन नै बक्स अफिसमा राम्रो कमाइ गरेको छ।

फिल्म ट्रेड एनालिस्ट कोमल नहटाका अनुसार पठानले पहिलो दिन सबै भाषामा ५३ करोड भारु कमाएको छ।

सामान्यतया शुक्रबार चलचित्र रिलिज हुने तथा सप्ताहन्तमा बिदा हुँदा चलचित्रले राम्रो कमाइ गर्ने मौका पाउँछ। तर पठान हप्ताको बीचमा बुधबार रिलिज हुँदा पनि एकदमै राम्रो कमाइ गरेको हो।

नहटाले ट्वीटरमा लेखेका छन्, ‘पठानले पहिलो दिन सबै भाषामा ५३ करोडभन्दा बढिको कमाइ गरेको छ। यसअघि वार फिल्मले पहिलो दिन ५३.३५ करोड कमाएको थियो।’

आमिर खानको ‘ठग्स अफ हिन्दोस्तान’ले पहिलो दिन ५२.२५ करोड कमाएको थियो, जुन सप्ताहन्तको दिन पनि थियो।

१२ माघ, २०७९, १६:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।