मोदीले निर्देशनले गर्‍यो काम, हिन्दुवादी संगठनले अब ‘पठान’को विरोध नगर्ने

मोदीले निर्देशनले गर्‍यो काम, हिन्दुवादी संगठनले अब ‘पठान’को विरोध नगर्ने

एजेन्सी : शाहरुख खान करिब चार वर्षपछि ठूलो पर्दामा फर्किएका छन्। उनको फिल्म पठान २५ जनवरीमा हलमा रिलिज हुँदैछ।

यो चलचित्रको ‘वेशर्म रंग’ गीत रिलिज भएसँगै विरोध सुरू भएको हो। धेरै हिन्दू संगठनले फिल्मको रिलिजको विरोध गर्ने बताएका थिए। तर, अब विश्व हिन्दू परिषदले फिल्म बहिष्कार नगर्ने बताएको छ।

विश्व हिन्दू परिषद्का प्रवक्ता श्रीराज नायरले सेन्सरपछि फिल्मका गरिएका परिवर्तनलाई ध्यानमा राख्दै विरोधका कार्यक्रमबाट पछि हटेकाे बताए। यद्यपि फिल्म हेरेपछि केही आपत्तिजनक देखिएमा विरोधबारे पुनर्विचार गर्ने उनकाे भनाइ छ।

केही दिनअघि प्रधानमन्त्री नरेन्द्र मोदीले पनि फिल्मका विषयालाई लिएर अनावश्यक टिप्पणी नगर्न आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिएका थिए। सोहीअनुसार हिन्दुवादी संगठनले फिल्मलाई अवरोध नगर्ने भएका हुन्।

फिल्मको गीतमा दीपिका पादुकोणको पहिरनको रङलाई लिएर विवाद सुरू भएको थियो। मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्रा, बजरंग दल र विहिपले यसमा आपत्ति जनाएका थिए।

त्यसपछि सेन्सर बोर्डले फिल्म परिवर्तन गर्न निर्देशन दिएको थियो, जसका आधारमा परिवर्तन गरिएको हो।

११ माघ, २०७९, १०:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।