रियल मड्रिडलाई हराउँदै बार्सिलोना बन्यो सुपर कप च्याम्पियन

रियल मड्रिडलाई हराउँदै बार्सिलोना बन्यो सुपर कप च्याम्पियन

एजेन्सी: परस्पर प्रतिस्पर्धी टोली रियल मड्रिड र बार्सिलोनाबीचको सुपर कप भिडन्त बार्सिलोनाले जितेको छ। रियल मड्रिडलाई ३-१ गोलअन्तरले हराउँदै उपाधि बार्सिलोनाले जितेको हो।

साउदी अरबको रियादमा सम्पन्न उपाधि भिडन्तमा बार्सिलोनाका लागि गाभी, रोबर्ट लेवान्डोस्की र पेड्रीले एक-एक गोल गरे। मड्रिडका लागि करिम बेन्जिमाले एक गोल फर्काए। खेलको म्यान अफ दि म्याच अवार्ड गाभीले पाए।

योसँगै बार्सिलोनाले १४ पटक सुपर कपको उपाधि जितेको छ। यसअघि बार्सिलोनाले सन् २०१८–१९ को संस्करणमा सेभियालाई हराउँदै उपाधि जितेको थियो।

२ माघ, २०७९, ०८:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।