जब सस्तोमा उपचार गरेको कारण बिरामीका आफन्तले डाक्टर होमको क्षमतामाथि नै प्रश्न गरे... 

जब सस्तोमा उपचार गरेको कारण बिरामीका आफन्तले डाक्टर होमको क्षमतामाथि नै प्रश्न गरे... 

अकुलो प्लाष्टिक सर्जन डा. होमबहादुर गुरुङले सयौँको आँखाको ज्योति फर्काएका छन्। अकुलो प्लाष्टिक सर्जनलाई नेत्र शृङ्गार विशेषज्ञका रूपमा समेत चिनिन्छ। डा. होमको मुख्य काम पनि आँखाको शल्यक्रिया गरेर आँखाको उपचार गर्नु तथा आँखा सुन्दर बनाउनु हो।

जब बिरामीका आफन्तले डाक्टरको क्षमतामाथि प्रश्न उठाए
नेत्र रोग विषयमा एमडी गरेपछि करिब पाँच वर्षअघि विराटनगरस्थित गोल्छा आँखा अस्पतालमा काम गर्दाको एउटा प्रसङ्ग डा. होम कहिल्यै भुल्दैनन्।

बुझ्दै जाँदा पो थाहा भयो, मासुको डल्ला जाँचेको शुल्कभन्दा डाक्टरले अप्रेशन गरेको शुल्क निकै कम लागेपछि बिरामीको आफन्तलाई यो डाक्टरको योग्यता नै पुगेको छैन कि भन्ने शङ्का लागेछ।

करिब ४० वर्षकी एक महिला अस्पताल पुगेकी थिइन्। ती महिलाको आँखाको बाहिरपट्टी डिलमा मासुको डल्ला निस्किएको थियो। जुन समस्यालाई चिकित्सकीय भाषामा डर्मोइटसिस्ट भनिन्छ। 

शल्यक्रिया गरेर उनले ती महिलाको आँखाको मासुको डल्ला निकालिदिए। मासुको डल्ला निकाल्न करिब एक घण्टा समय लाग्यो।

यो शल्यक्रिया गरेको शुल्क आठ सय लागेको थियो।

त्यहीबीच मासुको डल्लाको परीक्षण (बायोप्सी) का लागि उनले पठाए। परीक्षण शुल्क दुई हजार लागेछ। मासुको डल्ला निकाल्न आठ सय अनि जाँचेको चाहिँ दुई हजार लागेपछि बिरामीका आफन्त झस्केछन्।

बिरामीका आफन्तले सोचेछन्– 'डाक्टर नै नजान्ने रहेछ क्यारे। त्यसैले थोरै शुल्क लिएर मासुको डल्ला निकालेछ कि क्याहो!'

भोल्पिल्ट तिनै आफन्तले अस्पतालमा पुगेर डा. होमलाई सोधेछन्– 'डाक्टरसाप तपाईंले यो अप्रेशन गर्न मिल्थ्यो कि मिल्दैनथ्यो? योग्यता पुग्थ्यो की पुग्दैनथ्यो?'

त्यसपछि उनले अचम्म मान्दै सोधे- 'किन र?'

त्यसपछि बिरामीका आफन्तले भनेछन्– 'तपाईंले मासुको डल्ला निकालेको जम्मा आठ सय लिनुभयो। अनि जाँच गर्न चाहिँ दुई हजार लाग्यो।'

बुझ्दै जाँदा पो थाहा भयो, मासुको डल्ला जाँचेको शुल्कभन्दा डाक्टरले अप्रेशन गरेको शुल्क निकै कम लागेपछि बिरामीको आफन्तलाई यो डाक्टरको योग्यता नै पुगेको छैन कि भन्ने शङ्का लागेछ।

शुल्क भन्नुअघि आँखाको उपचार गर्न तयार भएका पर्यटक त्यति थोरै पैसा लाग्ने सुनेपछि त उपचार नै नगर्ने निष्कर्षमा पुगेछन्। ती पर्यटकले त्यसअघि पनि जर्मनीमा नै आँखाको पर्दाको उपचार गरेका रहेछन्। त्यहाँ उनले निकै महँगो शुल्क तिरेर उपचार गरेका रहेछन्। अन्ततः तिनले प्राथमिक उपचार मात्र गरेर फर्केको डा. होमले सुनाए।

त्यसपछि डा. होमले हास्दै ती बिरामीका आफन्तलाई आँखाको डल्ला निकाल्न आफू योग्य भएको भनेर विश्वस्त दिलाएर पठाए। ती बिरामीको आँखाको समस्या भने ठीक भयो। बिरामीका आफन्तले सस्तोमा उपचार गरेका कारण डाक्टरको क्षमतामाथि नै प्रश्न उठाएको प्रसङ्ग सम्झदा उनलाई अहिले पनि रोचक लाग्छ।
 
जब थोरै पैसा लाग्ने सुनेपछि विदेशी पर्यटक उपचार नै नगरी हिँडे
केही वर्षअघि मात्रै तिलगङ्गा आँखा अस्पतालमा जर्मन नागरिक पुगेका थिए। करिब ६० वर्षीय तिनको आँखाको पर्दा च्यातिएको थियो। ती पर्यटकको आँखाको फाटेको पर्दा लेजर सर्जरी गरेर टाँस्नुपर्ने थियो।

ती पर्यटकले उपचारको कति पैसा लाग्छ भनेर सोधेछन्। डा. होमको टिमले करिब दुई हजार खर्च हुने बताए। तर, ती पर्यटकले दुई हजार अमेरिकी डलर खर्च हुने भन्ठानेछन्। अनि झोलाबाट बीमाका कागजात झिकेछन्।

बीमाको कागजात झिकेको देखेपछि डा. होमले दुई हजार डलर नभएर दुई हजार नेपाली रुपैयाँ खर्च लाग्छ भनेर ती पर्यटकलाई पुनः जानकारी गराए। 

डा. होमले दुई हजार रुपैयाँ लाग्ने बताएपछि ती पर्यटक छक्क परे। अलमलिए। नाक खुम्च्याएछन्।

नेपाली दुई हजार खर्च लाग्ने सुनेपछि ति पर्यटकलाई उपचारमा भरोसा नै लागेनछ। यति सस्तोमा कसरी राम्रो उपचार हुनसक्छ भनेर ती पर्यटक छक्क परेछन्।

शुल्क भन्नुअघि आँखाको उपचार गर्न तयार भएका पर्यटक त्यति थोरै पैसा लाग्ने सुनेपछि त उपचार नै नगर्ने निष्कर्षमा पुगेछन्। ती पर्यटकले त्यसअघि पनि जर्मनीमा नै आँखाको पर्दाको उपचार गरेका रहेछन्। त्यहाँ उनले निकै महँगो शुल्क तिरेर उपचार गरेका रहेछन्। अन्ततः तिनले प्राथमिक उपचार मात्र गरेर फर्केको डा. होमले सुनाए।

अहिले पनि नेपालमा लेजरको त्यस्तो उपचार निकै सस्तो भए पनि विदेशमा भने महँगो हुने गरेको उनले सुनाए। ‘विदेशमा भन्दा हाम्रोमा उपचार धेरै सस्तो छ’, डा. होमले भने।

नेपालमा उपचार शुल्क नै सस्तो पर्ने भएपछि विश्वास नलागेर उपचार नै नगरी ती पर्यटक फर्केको प्रसङ्ग सम्झँदा डा. होमलाई अहिले पनि रोचक लाग्छ।

बिनाउपचार जब ती युवाको आँखा ठीक भयो
केही वर्षअघि हेटौँडामा काम गर्दा एक जना भारतीय युवालाई उपचार गरेको प्रसङ्ग पनि डा. होम कहिल्यै भुल्दैनन्। ती युवा फार्मेसी विषय अध्ययन गरिरहेका रहेछन्।

तिनको आँखाको नानी फुलेर धमिलो भएकाले देख्न समस्या थियो। उनले समस्या समाधानका लागि धेरै अस्पताल चहारे पनि रोगको पहिचान हुन नसकेर आजित थिए।

सोध्दै जाँदा त केही दिनअघि ती युवाले आँखा रातो भएर औषधि पसलबाट एट्रोफिन नामक औषधि किनेर आँखामा लगाएका रहेछन्। त्यहि औषधिको साइड इफेक्ट स्वरूप आँखाको नानी फुलेर आँखा धमिलो देखेका रहेछन्।

तर, उनले त्यो औषधि प्रयोग गरेको कुरा अन्य चिकित्सकलाई बताएका रहेनछन्। एक पटक लगाउँदा २/३ हप्तासम्म औषधिको असर बस्नसक्ने डा. होमले बताए।

औषधिकै साइड इफेक्ट स्वरूप बिरामीको आँखामा समस्या देखिएको थाहा पाएपछि डा. होमले कुनै पनि औषधि नलगाउन र एक हप्ता कुर्न अनुरोध गरे। त्यसपछि आँखाको समस्या आफैँ ठीक हुने सुझाव दिए।

नभन्दै एक हप्तापछि ती बिरामी पुनः फलोअपका लागि डा. होमकहाँ पुगे। फलोअपमा पुग्दा त आँखाको सबै समस्या ठीक भइसकेको थियो। 

कुनै उपचार नै गर्नु परेन। मात्र परामर्श। औषधि लगाउन छाडेपछि समस्या ठीक भइहाल्यो।

औषधिका कारण ती पर्यटकमा आँखाको समस्या भएको थाहा पाएपछि त्यो औषधि सेवन नगर्न डा. होमले सुझाव दिए। ती पर्यटकले पनि डाक्टरको सल्लाहअनुसार त्यही दिनबाटै लेक नलाग्ने त्यो औषधि सेवन बन्द गरे। भोलिपल्ट नै उनी फलोअपमा पुगे। २४ घण्टाभित्रैमा ती पर्यटकको आँखाको त्यो समस्या नै समाधान भइसकेको थियो।

त्यसपछि ती युवा निकै खुशी भएछन्। बिनाऔषधि उपचार परामर्शको भरमा नै ती युवाको आँखाको समस्या ठीक भएको त्यो प्रसङ्ग सम्झँदा अहिले पनि डा. होमलाई निकै आनन्द लाग्छ।

जब पर्यटकले उपचारबिनै आँखा देखे
करिब पाँच वर्षअघिको एउटा प्रसङ्ग पनि डा. होम अझै सम्झन्छन्। एक जना करिब ४० वर्षका विदेशी पुरुष पर्यटक आँखा नै नदेख्ने भएर अस्पताल पुगेछन्। स्वास्थ्य परीक्षणका क्रममा ती पर्यटकको आँखाको (चस्मा) पावर माइनस फाइभ देखियो।

त्यसपछि डा. होमले ती पर्यटकलाई 'तपाईंको त चस्मको पावर कमजोर भएछ' भनेछन्। तर, डाक्टरको यस्तो कुरा सुनेपछि ती पर्यटकले रिसाउँदै भनेछन्– 'मैले कहिल्यै चस्मा नै लगाएको छैन। मैले ढाँटेको छैन।'

चस्मा नै नलगाउने ती पर्यटकले आफूले चस्मा नलगाएको भए पनि डाक्टरले ढाँटेको भन्ठाने भन्ने बुझेछन्।

पछि बुझ्दै जाँदा ती पर्यटकले हिमाल चढ्ने क्रममा लेक नलागोस् भनेर एक किसिमको औषधि सेवन गर्दा रहेछन्। त्यही औषधिका कारणले तिनको आँखाको शक्ति कम भएको रहेछ। उनको आँखा धमिलो देखिएर टाढा हेर्न सक्दैनथे।

त्यस्तो औषधिले त्यसरी एकाध व्यक्तिलाई मात्रै साइड इफेक्ट हुने डा. होम बताउँछन्।

औषधिका कारण ती पर्यटकमा आँखाको समस्या भएको थाहा पाएपछि त्यो औषधि सेवन नगर्न डा. होमले सुझाव दिए। ती पर्यटकले पनि डाक्टरको सल्लाहअनुसार त्यही दिनबाटै लेक नलाग्ने त्यो औषधि सेवन बन्द गरे। भोलिपल्ट नै उनी फलोअपमा पुगे। २४ घण्टाभित्रैमा ती पर्यटकको आँखाको त्यो समस्या नै समाधान भइसकेको थियो। त्यसपछि ती पर्यटक असाध्यै खुशी भएको प्रसङ्ग सुनाए डा. होमले।

बिरामीको समस्या समाधानका लागि परामर्श निकै महत्त्वपूर्ण हुने उनको अनुभव छ।

जन्म झापा
होमबहादुर २०४१ मा झापाको साविक तोपगाछि गाविसमा जन्मिएका हुन्। उनले झापाकै दमकस्थित सुर्योदय अङ्ग्रेजी माविबाट २०५७ मा एसएलसी गरे।

त्यसपछि काठमाडौंस्थित सेन्ट जेभियर्स कलेजमा आईएस्सी अध्ययन गरे। त्यसपछि उनको चिकित्सकीय अध्ययन यात्रा सुरु भयो।

आईएस्सीपछि होमबहादुर सन् २००५ मा एमबीबीएस अध्ययनका लागि नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भए। सन् २०१० मा उनको एमबीबीएस अध्ययन पूरा भयो।

उनले सरकारी छात्रवृति कोटामा एमबीबीएस अध्ययन गरेका हुन्।

पाँचथरमा बालकलाई बचाएको त्यो प्रसङ्ग
छात्रवृति कोटामा अध्ययन गरेबापत उनले एमबीबीएसपछि दुई वर्ष पाँचथरको फिदिमस्थित पाँचथर जिल्ला अस्पतालमा मेडिकल अधिकृतका रूपमा छात्रवृति करारमा काम गरे।

त्यो बेलाका केही प्रसङ्ग पनि उनको मानसपटलमा ताजै छ।

पाँचथरमा आफू मेडिकल अधिकृतका रूपमा काम गर्दा कहिलेकाहिँ त आफ्नो ज्ञान तथा सीपको क्षमताभन्दा बाहिर गएर समेत बिरामीको उपचार गर्नुपर्ने बाध्यता भएको सम्झन्छन् उनी।

कतिपय यस्ता बिरामी अस्पताल पुग्थे, जसको जिल्लाबाहिर धरान, विराटनगर रिफर गर्नुपर्ने अवस्थामा समेत आर्थिक अवस्था कमजोर भएकैले लान सक्ने अवस्था हुँदैनथ्यो। 

त्यस्ता बिरामी र तिनका आफन्तले ‘जेजे भए पनि यहिँ उपचार गर्दिनु डाक्टरसाप’ भनेको सम्झन्छन् उनी।

अर्काोतर्फ धरान, विराटनगर पुग्न एक दिनै समय लाग्ने भएकाले बाटोमा लाँदालाँदै बिरामीको ज्यान जाने जोखिम हुन्थ्यो। त्यसैले बाध्य भएर जिल्लामा नै बिरामी बचाउने अन्तिम प्रयास गर्नुपर्ने हुन्थ्यो। त्यस्ता प्रसङ्ग सम्झँदा अझै उनी निःशब्द हुन्छन्।

एक पटक झाडापखाला लागेर सिथिल भएका सानो बालकलाई बुवाआमाले पाँचथर अस्पताल पुर्याएका रहेछन्। डा. होम लगायत चिकित्सकले ती बालकलाई धरान वा विराटनगर लान अनुरोध गरेका थिए। 

तर, बालकका बुवाआमाले आर्थिक अवस्था कमजोर भएको र टाढा भएकाले लान नसक्ने बताए। त्यसपछि बाध्य भएर चिकित्सकको टिमले बालकलाई जिल्ला अस्पतालमा नै बचाउनका लागि मेहनत गर्यो।

नभन्दै ती बालकलाई बचाउन सफल भयो चिकित्सकको टिम। करिब पाँच दिनपछि त ती बालक अस्पतालबाट ठीक भएर डिस्चार्ज भए।

बालकलाई बचाएको त्यो प्रसङ्ग सम्झँदा त्यो बेला कसरी बचाइयो होला भनेर अहिले पनि डा. होम झसङ्ग हुन्छन्।

बिरामीका आफन्तले ग्यारेन्टी खोज्दै घुर्क्याउँथे
पाँचथरमा नै बिरामीका कतिपय आफन्तले घुर्क्याएको प्रसङ्ग पनि सुनाए डा. होमले। एकपटक एक अधबैंसे बिरामीको उपचारको सवालमा यस्तै समस्या भोगेका छन् डा. होमले।

बिरामीका नजिकका आफन्तले जे जस्तो हुन्छ यहीँ उपचार गरिदिनुहोस् डाक्टरसाप भनेका थिए उनलाई। तर, अलि पर बसेका बिरामीका आफन्तले भने 'उपचार गर्न नसक्ने भए छिटो रिफर गरिदिनु हामी बिरामी लिएर जान्छौं' भन्दै घुर्क्याएछन्।

बिरामीको रिफर गरिदिँदा फेरि बिरामीका नजिकका आफन्त आएर रिफर नगरिदिन अनुरोध गरेको सम्झन्छन् उनी। पछि ती बिरामी उपचारपछि ठीक भएर घर फर्के।

त्यसरी एक थरी बिरामीका आफन्तले रिफर गरिदिन घुर्क्याएको अनि अर्काथरी आफन्तले त्यहीँ उपचार गरिदिन गरेको आग्रहका कारण बिरामीको उपचार गर्न समेत साह्रै चुनौती भएको उनी सम्झन्छन्। 

त्यो बेला पाँचथरमा काम गर्दा 'ग्यारेन्टी ठीक हुन्छ कि हुँदैन' भन्ने कयौँ बिरामीका अलि परका आफन्तले प्रश्न गरेको उनले सुनाए। 

‘उपचारमा ग्यारेन्टी भन्ने शब्दले त्यहाँ खुब दुःख दिएको थियो। उपचार गर्न निकै चुनौती हुन्थ्यो’, उनले त्यो बेलाको प्रसंग सुनाए। 

छनोटमा आँखाको ज्योति फर्काउने विषय
डा. होम सन् २०१३ मा स्नातकोत्तर तहको एमडी अध्ययन गर्न थाले। एमडीमा उनले अप्थाल्मोलोजी (नेत्र रोग) विषय रोजे। 

उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत तिलगङ्गा आँखा प्रतिष्ठानमा एमडी अध्ययन गरेका हुन्। तिलगङ्गाकै आर्थिक सहायता (स्पोन्सर) मा अध्ययन गरेका रहेछन्। सन् २०१६ मा उनको एमडी पूरा भयो।

हुन त उनले आँखाको ज्योति फर्काउने तथा आँखाको उपचार गर्ने नै विषय अध्ययन गर्छु भन्ने सोचेका थिएनन्। उनलाई छाला तथा यौन रोग (डर्माटोलोजी) वा मनोचिकित्सा विषय अध्ययन गर्ने रहर थियो। 

तर, मेरिट लिस्टअनुसार अध्ययनका लागि यी दुवै विषय उनले छनोट गर्न पाएनन्।

डा. होमले पढ्छु भनेर सोच्दै नसोचेको विषय अध्ययन गर्न पाउने भए। उनले पढ्छु भनेर सोच्दै नसोचेको विषय हो,‘नेत्ररोग’।

डा. होमले यसो सोचे– कसैको आँखाको ज्योति बचाउन सकियो भने त यो विषय पनि गज्जब हुन्छ।

नेत्र शृङ्गार सर्जरी विशेषज्ञता हासिल गरेपछि डा. होमले मकवानपुरको ‘हेटौँडा सामुदायिक अस्पताल’ मा करिब साढे तीन वर्ष काम गरे। त्यहाँ उनले सयौँको आँखाको उपचार गरेर आँखाको ज्योति फर्काए नै। उनले त्यहाँ आँखा सम्बन्धी नयाँ-नयाँ समस्या लिएर पुगेका बिरामीको उपचार गरे।

त्यसैले उनले नेत्र रोग विषय नै अध्ययन गर्ने निर्णय लिएका रहेछन्। अध्ययनसँगै उनलाई यो विषयमा चाख लाग्दै गयो। डा. होम यही विषयमा रमाउन थाले। अहिले उनी यही विषयमा रमाइरहेका छन्। उनले सयौँको ज्योति फर्काइसकेका छन्। हजारौँको आँखाको उपचार गरिसकेका छन्।

एमडीपछि डा. होमले विराटनगरस्थित गोल्छा आँखा अस्पताल र काठमाडौंको तिलगङ्गा आँखा अस्पतालमा करिब एक वर्ष काम गरे।

त्यसपछि सन् २०१८ मा तिलगङ्गा आँखा प्रतिष्ठानमा नै ‘अकुलो प्लाष्टिक सर्जरी (नेत्र शृङ्गार सर्जरी)’ विषयमा एक वर्षे फेलोसिप गरे। 

यो विषय अध्ययनकै सिलसिलामा प्रयोगात्मकताका लागि उनी अमेरिका र बेलायत समेत पुगेर ज्ञान तथा सीप सिके। सन् २०१९ मा यो विषयको अध्ययन पूरा भयो।

हेटौँडाको त्यो अनुभव
नेत्र शृङ्गार सर्जरी विशेषज्ञता हासिल गरेपछि डा. होमले मकवानपुरको ‘हेटौँडा सामुदायिक अस्पताल’ मा करिब साढे तीन वर्ष काम गरे। त्यहाँ उनले सयौँको आँखाको उपचार गरेर आँखाको ज्योति फर्काए नै। उनले त्यहाँ आँखा सम्बन्धी नयाँ-नयाँ समस्या लिएर पुगेका बिरामीको उपचार गरे। जसले गर्दा हेटौँडामा आँखा सम्बन्धी समस्याको विषयमा थप ज्ञान तथा सीप निखार्ने मौका समेत मिल्यो उनलाई।

दुई महिनाअघिबाट डा. होम पुनः काठमाडौंको तिलगङ्गा आँखा प्रतिष्ठानमा नै काम गर्न फर्केका छन्।

आँखा सिँगार्ने चिकित्सक
त्यसो त मोतिविन्दुको समस्या भएर दुवै आँखा नदेख्ने सयौँ व्यक्तिले आँखा देखेपछि व्यक्त गरेका खुशी सम्झँदा डा. होमको मन निकै आह्लादित हुन्छ।

‘मोतिविन्दुको उपचारपछि भोलिपल्ट त आँखा देख्ने भैहाल्नुहुन्छ’, उनले भने।

डा. होम आँखाको प्लाष्टिक सर्जरी गर्ने चिकित्सक हुन्। उनको मुख्य काम आँखाको प्लाष्टिक सर्जरी गर्नु हो। 

त्यसैगरी आँखाको सर्जरी गरेर आँखाको सुन्दरता निखार्नु उनको दैनिकी हो। आँखाको मुन्द्री, डिल, आकार लगायत मिलाउने जस्ता उनको दैनिकी हो।

मुख्य गरी आँसु नलीको उपचार, आँखा (अरबिट) मा भएका घाउ तथा चोटपटकको उपचार गर्नु, आँखामा भएका डल्लाको शल्यक्रिया गर्नु उनको विधामा पर्छ। 

त्यसैगरी आँखा गुमेका व्यक्तिको कृत्रिम आँखा हालेर सुन्दर बनाउने लगायत उनको विधामा पर्छन्।

२३ पुस, २०७९, १९:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।