लुम्बिनीः लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरी सरेकाे छ। स्थायी राजधानी सरेसँगै प्रादेशिक शासकीय चहलपहल र गतिविधि पनि देउखुरीमा बढेकाे छ। आइतबार राजधानी दाङको देउखुरीस्थित नव निर्मित प्रदेश सभा भवनमा सांसदहरूले शपथ लिएका छन्।
फोटो कथा
लुम्बिनी प्रदेशसभाको अधिवेशन पुस १८ गते (सोमबार) काे लागि बाेलाइएकाे छ। यसअघि मुकाम बुटवलमा बस्दै आएको प्रदेशसभा दाङको देउखुरी सरेपछि पहिलो पटक त्यहाँ अधिवेशन हुन लागेको हो।
१० करोड लागतमा याे प्रदेश सभा भवन तयार पारिएकाे हाे।
२०७९ पुष १७ गते १५:३६ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।