मंगलबार २९ बैशाख, २०८३
एक सय रुपैयाँ सस्तो भयो सुन, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं: सुनको मूल्य आज नेपाली बजारमा एक सय रुपैयाँले घटेको छ। यसअघि हिजो सुन तोलामा एकैदिन पाँच सय रुपैयाँ सस्तिएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख दुई हजार ४०० कायम भएको छ। यस्तै तेजाबी सुनको मूल्य आज एक लाख एक हजार ९०० कायम भएको छ।
यस्तै आज चाँदी पनि १० रुपैयाँले सस्तिएको छ। आज चाँदी तोलामा एक हजार २७५ मा कारोबार भइरहेको छ।
फागुन १२, २०७९ शुक्रबार ११:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।