सभामुख निर्वाचनमा जनमाेर्चाले ईश्वरी न्यौपानेलाई मत दिने

सभामुख निर्वाचनमा जनमाेर्चाले ईश्वरी न्यौपानेलाई मत दिने

काठमाडौं : प्रतिनिधि सभाको सभामुखका लागि हुन लागेको मतदानमा राष्ट्रिय जनमोर्चाले नेपाली कांग्रेसकी उम्मेदवार ईश्वरी न्यौपानेलाई मत दिने भएको छ।

बिहीबार संसदको बैठकमा बोल्दै राष्ट्रिय जनमोर्चाका सांसद् चित्रबहादुर केसीले  छातीमा मुड्की बजारेर भए पनि कांग्रेस उम्मेदवारलाई मत दिने बताए।

यसअघि केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएका थिएनन्।

केसीले नयाँ आएका दलहरू सरकारमा सहभागी भएकोमा पनि असन्तुष्टि प्रकट गरेका छन्। जनताले आशाले पठाएका दलहरू सरकारमा गएर भागबण्डामा सहभागी भएको देख्दा आफूलाई उदेक लागेको उनले बताए।

५ माघ, २०७९, १४:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।