माघे सङ्क्रान्ति मेलाकाे लागि शनिबार र आइतबार नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी नरोकिने

माघे सङ्क्रान्ति मेलाकाे लागि शनिबार र आइतबार नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी नरोकिने

काठमाडाैंः माघे सङ्क्रान्तिकाे कारण नारायणगढ-मुग्लिन सडकखण्डमा भोली (शनिबार) र आइतबार सवारी नरोकिने भएको छ। यस सडकखण्डमा पुल निर्माणका लागि भित्तो काट्ने काम भैरहेकाले दिउँसोको समयमा चार घण्टा बाटाे बन्द गरिँदै आएको थियाे।

माघे सङ्क्रान्ति मेला भर्न पवित्र तीर्थस्थल देवघाटमा टाढाबाट भक्तजनहरू आउने भएकाले सडक पूर्णरुपमा सञ्चालन गर्न लागिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। गत पुस ५ गतेबाट ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आइएको थियाे।
 
यस आयोजनाका प्रमुख किरण कार्कीका अनुसार निर्माणाधीन पाँच पुलमध्ये तीन वटाको भित्तो काट्ने काम सकिएको छ। यी पुलसँगै काम थालिएका अन्य नौ वटा पुल बनिसकेका छन्। 

२९ पुस, २०७९, १२:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।