डा. अर्जुनदेवको उपचार अनुभव : श्रीमतीलाई समेत थाहा नदिई आफ्नो बन्ध्याकरण आफैँले गरेँ

डा. अर्जुनदेवको उपचार अनुभव : श्रीमतीलाई समेत थाहा नदिई आफ्नो बन्ध्याकरण आफैँले गरेँ

७७ वसन्त पार गरेका मुत्र रोग विशेषज्ञ प्रा.डा. अर्जुनदेव भट्टले चिकित्सकीय पेशाको सिलसिलामा धेरै उत्तरचढाव भोेगेका छन्। पेशाको सिलसिलामा उनले धेरै तीतामीठा अनुभव बटुलेका छन्।

आफ्नो बन्ध्याकरण (भ्यासेक्टोमी) आफैं गरेको प्रसङ्ग सम्झँदा उनलाई अहिले पनि अनौठो लाग्छ।

करिब ४६ वर्षअघि सन् १९७६ तिरको कुरा हो। डा. अर्जुनदेव जनकपुरको जलेश्वर अस्पतालमा काम गरिरहेका थिए। एक दिन उनले श्रीमतीसँग आफूले स्थायी बन्ध्याकरण गर्नेबारे सल्लाह गरे। त्यो बेला उनीहरूका एक छोरा र एक छोरी गरी दुई सन्तान थिए। छोराछोरी ६ वर्ष भन्दा कम उमेरका थिए।

डा. अर्जुनकी श्रीमतीलाई अर्को पनि बच्चा जन्माउने इच्छा रहेछ। त्यसैले उनकी श्रीमतीको चाहना थियो, ‘श्रीमान्ले बन्ध्याकरण नगरुन्।’ तर, डा. अर्जुनदेव भने समय दिन नै कठिन हुने भएकाले थप बच्चा नजन्माउने सोचमा थिए।

अस्पतालमा पुरुष बन्ध्याकरण गर्ने टिमलाई ठिक दुई बजे दिउँसो एक जना पुरुष, बन्ध्याकरणका लागि आउने भएकाले शल्यक्रियाको तयारी गर्न अह्राए र आफू ओपिडिमा बिरामी जाँच्न गए डा अर्जुनदेव। तर, को बिरामी हो भनेर अस्पतालको बन्ध्याकरणमा खटिने टिमलाई उनले जानकारी गराएनन्।

डा. अर्जुनदेव करिब साढे एक बजेसम्म ओपिडिमा बिरामी जाँचिरहेका थिए। तर, त्यो बेलासम्म बन्ध्याकरणमा खटिने टिम भने बन्ध्याकरणका लागि कोही नआएको भन्दै अलमलमा परिरह्यो। दिउँसोको दुई बज्न १५ मिनेट बाँकी छँदासम्म बन्ध्याकरणका लागि कोहि पुरुष अस्पतालमा नपुगेपछि कर्मचारी त्यो दिन शल्यक्रिया नहुने करिब निष्कर्षमा पुगे।

ओपिडिमा नै गएर एक जना अहेबले डा. अर्जुनलाई भनेछन्, ‘कोही आएनन् डाक्टरसाप। आजको अप्रेशन त नहुने भयो।’

डा.अर्जुनले मुस्कुराउँदै ती अहेबतिर हेर्दै दुई बजे अप्रेशन गराउने मान्छे पक्का आउने भएकाले ढुक्क भएर बन्ध्याकरणको लागि सबै तयारी गर्न अह्राए। अहेबलाई उनले भनेछन्, ‘हाम्रो प्रोग्राम विफल हुँदैन। बरु थोरै समय बाँकी छ छिटो गैहाल्नुहोस्। म पनि शल्यक्रिया गर्न आइहाल्छु।’

डा. अर्जुनदेवको कुरा सुनेर अहेब छक्क परे। दुई बज्न पाँच मिनेट बाँकी छँदा ओपिडिमा बिरामी हेरिसकेर डा. अर्जुनदेव निस्किए। त्यसपछि उनी सिधै शल्यक्रिया कक्षतिर छिरे। बन्ध्याकरणका लागि खटिने स्वास्थ्यकर्मीको टिमले भने उनलाई बिरामी नै नआएको भन्दै शल्यक्रिया नहुने जानकारी गराए।

तर, डा. अर्जुनदेवले स्वास्थ्यकर्मीलाई मुस्कुराउँदै भने, ‘मलाई गाउन् दिनुहोस्।’ स्वास्थ्यकर्मीले पनि अलमलमा पर्दै बिरामीले लगाउने गाउन् दिए। त्यसपछि बल्ल बन्ध्याकरणमा खटिनेलाई डा. अर्जुनदेवले मुख खोल्दै भने, ‘मेरो आफ्नै बन्ध्याकरण गर्ने हो।’

त्यसपछि झन् छक्क पर्दै बन्ध्याकरणमा खटिएको स्वास्थ्यकर्मीको टिमले उनलाई एकै श्वरमा सोधे, ‘अप्रेशन गर्ने डाक्टर को त?’

‘सँधै नुहाउने मान्छे, नुहाउँदै नुहाउँनुहुन्न त, के भयो भन्दै सोधिन्। चोर पक्रेको जस्तै श्रीमतीले पक्रिहालिन् नि मलाई त!’

उनले फेरि मुस्कुराउँदै जवाफ दिए, ‘मेरो बन्ध्याकरण म आफैँले गर्ने हो। सहयोगी तपाईंहरू हुँदै हुनुहुन्छ नि!’

त्यसपछि त झन् स्वास्थ्यकर्मीहरू चकित हुँदै एकअर्काको मुखामुख गर्न थालेछन्। गाउन फेरेर शल्यक्रिया गर्ने टेबुलमा पल्टिए डा. अर्जुनदेव। सहयोगीहरूले बन्ध्याकरण गर्ने भागमा ऐना देखाइदिए।

डा. अर्जुनदेवले आफ्नो बन्ध्याकरणका लागि आफैँ शल्यक्रिया सुरू गरे। दाहिने शुक्रबाहिनी नली बीचमा ल्याएपछि नदुख्ने औषधि दिए। करिब एक सेन्टिमिटरको घाउ बनाएपछि औजारले शुक्रनली समातेर बाहिर निकाले। 

नली बोसोबाट छुट्याएपछि करिब एक सेन्टिमिटर नली बीचमा राखेर दुवैतिर कालो सुतीको धागोले बाँधे। बीचको भाग काटेर छुट्याएपछि दुवैतर्फको नली दोब्य्राएर पुनः सुतीको धागोले बाँधे। 

स्थायी बन्ध्याकरणका यी सबै काम आफैँ गरिसकेपछि घाउमा एउटा टाँका लगाए। करिब आधा घण्टामा आफ्नो बन्ध्याकरण आफैँ गरिसकेको र सफल शल्यक्रिया भएको उनी सम्झन्छन्।

श्रीमतीसँगको सल्लाहविना नै बन्ध्याकरण गरेपछि उनी औषधि लिएर अस्पतालबाट घर फर्के।

घर फर्केपछि डा.अर्जुनदेवले श्रीमतीलाई बन्ध्याकरण गरेको भनेका थिएनन्। बन्ध्याकरण गरेकोबारे श्रीमतीलाई कसरी र कतिखेर भनुँ भनेर उनले सोचिरहेका थिए। तर, श्रीमतीलाई यो कुरा भन्न आँट पुगिरहेको थिएन।

गर्मीको मौसममा डा. अर्जुनदेव दैनिक दुई देखि तीन पटकसम्म नुहाउने गर्थे। तर, भोलिपल्ट बेलुकासम्म पनि उनले ननुहाएपछि किन ननुहाउनु भएको भन्दै उनकी श्रीमतीले अचम्म मानेर र्याखर्याख्ती पार्दै सोधिछन्।

‘सँधै नुहाउने मान्छे, नुहाउँदै नुहाउँनुहुन्न त, के भयो भन्दै सोधिन्। चोर पक्रेको जस्तै श्रीमतीले पक्रिहालिन् नि मलाई त!’, कुराकानीको क्रममा त्यो बेलाको प्रसङ्ग सुनाउँदै बेस्सरी हाँसे।

त्यसपछि मात्रै बन्ध्याकरणबारे श्रीमतीलाई थाहा दिएको उनले सुनाए।

‘श्रीमतीसँग सल्लाह नै नगरी मैले भ्यासेक्टोमी गरेँ,’ उनले सुनाए, ‘त्यो बेला कुनै त्रुटी वा साइड इफेक्ट भएर मलाई केही भएको भए...।’

बिरामीले सरसफाइ गर्ने कर्मचारीलाई अप्रेशन गर्दा कति रगत बग्छ भनेर सोधेछन्। कर्मचारीले अहिलेसम्म यस्तो अप्रेशन नै नभएको बताएपछि ती बिरामी जुरुक्कै उठेर अस्पतालको झ्यालबाट हामफालेर भागेछन्।

एक जना डाक्टरको समुन्द्री जहाजमा एपेन्डिसाइटिसको समस्या भएपछि ती डाक्टरले आकस्मिक रूपमा आफ्नो शल्यक्रिया आफैँ गरेर बाँचेको उनले पत्रिकामा पढेका थिए। त्यसैले पनि आफ्नो बन्ध्याकरण आफैँ गर्ने आँट आएको डा. अर्जुनदेवले सुनाए।

‘अप्रेशन थिएटरमा राखेका बिरामी झ्यालबाट भागे’
त्यसो त जलेश्वर अस्पतालमा नै त्यो बेला, पहिलो पटक हाइड्रोसिलको शल्यक्रिया गर्न तयारी गरेर अप्रेशन थिएटरमा सुताएका बिरामी समेत भागेको प्रसङ्ग सुनाए डा. अर्जुनदेवले। अण्डकोषमा पानी जम्ने समस्यालाई हाइड्रोसिल भनिन्छ।

करिब ३० वर्षका हाइड्रोसिलको समस्या भएका बिरामीलाई डा. अर्जुनले शल्यक्रियाका लागि राखे। त्यसपछि उनी अर्को कोठमा हात धुन गएका थिए।

अप्रेशन टेबुलमा पल्टिरहेका ति बिरामीले सरसफाइ गर्ने कर्मचारीलाई अप्रेशन गर्दा कति रगत बग्छ भनेर सोधेछन्। कर्मचारीले आफूलाई थाहा नभएको र अहिलेसम्म यस्तो अप्रेशन नै नभएको बताएपछि ती बिरामी जुरुक्कै उठेर अस्पतालको झ्यालबाट हामफालेर भागेछन्।

हात धोएर शल्यक्रियाका लागि फर्केपछि पो बिरामी भागेको थाहा पाए डा. अर्जुनदेवले। जलेश्वरमा उनले गर्ने त्यो पहिलो शल्यक्रिया थियो। तर, बिरामी नै भागेपछि उनले शल्यक्रिया गर्न पाएनन्।

पछि लामो समयपछि भागेका व्यक्ति भएको ठाउँमा डा. अर्जुनदेवले नै शल्यक्रिया गरेर ठिक भएका एक जना व्यक्ति पुगेछन्। ती व्यक्तिले आफ्नो पनि समस्या शल्यक्रियापछि ठिक भएको बताएपछि भागेका व्यक्ति फेरि आएर शल्यक्रिया गराएको उनी सम्झन्छन्। दोस्रो पटक शल्यक्रिया गर्न अस्पताल पुग्दा भने ती पुरुषले निक्कै पश्चाताप गरेको उनले सुनाए।

...त्यसपछि ह्वात्तै बढे बिरामी
जलेश्वरमा तत्कालीन अञ्चलाधीशकहाँ काम गर्ने करिब ६० वर्षका एक व्यक्तिको हर्नियाको शल्यक्रिया गरेको डा. अर्जुनदेवले सुनाए। 

उनी अञ्चलाधीशकहाँ गएको समयमा पहाडी मुलका धोती लगाएका ती व्यक्ति चिया लिएर आएका थिए। ती व्यक्ति धोतीमाथि हात राख्दै पेट थिचिरहेका थिए। त्यसपछि डा. अर्जुनदेवले ती व्यक्तिलाई हर्निया भएको हुनसक्ने अनुमान लगाए।

अञ्चलाधीशसँग कुरा गरेर तुरुन्तै अस्पताल लगेर विभिन्न तयारीपछि हर्नियाको शल्यक्रिया गरे। ठिक पनि भए उनी। त्यो नै जलेश्वरमा डा. अर्जुनदेवले गरेको पहिलो शल्यक्रिया थियो। पाको उमेरका बाजे शल्यक्रियापछि ठिक भएको देखेपछि उनीसँग शल्यक्रिया गर्न पुग्ने बिरामी बढ्दै गएको सम्झन्छन् उनी।

त्यो समयमा तत्कालीन जिल्ला न्यायाधीशको पिठिमा रहेको बोसोको डल्लो(लाइपोमा)को सफल शल्यक्रियापछि झन् बिरामीको चाप बढ्न थालेको उनले सुनाए। 

स्वास्थ्य परीक्षण गर्दा उनको महिलाको योनीमा त गर्भपतनका लागि राखिएको काठको टुक्रा नै भेटियो। त्यसपछि मात्र असुरक्षित गर्भपतन गरेको निष्कर्षमा पुगे डा. अर्जुनदेव।

‘जिल्ला न्यायाधीशकै सफल शल्यक्रिया गरेपछि ठूलो विज्ञापन भयो,’ डा. अर्जुनदेवले सुनाए, ‘सुरुमा त हप्तौं लगाएर खोज्दा पनि एक जना बिरामी पाउन गाह्रो हुन्थ्यो। अप्रेशन हुन्छ भनेर थाहा पाएपछि बिरामीको चाप थेग्न गाह्रो भयो।’

जनकपुरमा काम गर्दा अन्य विशेषज्ञ चिकित्सक नभएकाले सबै किसिमका रोगको विषयमा उपचार गरेको सम्झन्छन् उनी।

असुरक्षित गर्भपतनले अस्पतालकै कर्मचारीको मृत्यु भएपछि...
त्यो बेला असुरक्षित गर्भपतन गरेर स्वास्थ्य जटिलता निम्तिएपछि धेरै महिलाहरू जलेश्वर अस्पताल पुगेको सम्झन्छन् डा. अर्जुनदेव।

जलेश्वर अस्पतालमा नै काम गर्ने करिब ३५ वर्षकी महिला कर्मचारीले अस्पतालबाहिर गर्भपतन गराएपछि स्वास्थ्य जटिलता निम्तिएर जलेश्वर अस्पताल पुगेको सम्झना छ उनलाई। सुरक्षित गर्भपतन नभएका कारणले स्वास्थ्य जटिलता निम्तिएपछि अस्पताल पुगेकी ती महिलाको डा. अर्जुनदेवले स्वास्थ्य परीक्षण गरे।

ती महिलाको शरीरमा संक्रमण फैलिसकेको थियो। डा. अजुनदेवको टिमले ती महिलालाई बचाउनका लागि अनेक प्रयत्न गर्यो। तर, केही चलेन। उपचारकै क्रममा महिलाको मृत्यु भयो। ती महिलाको ज्यान बचाउन नसकेको घटना सम्झँदा डा. अर्जुनदेवको मन चसक्क हुन्छ।

‘असुरक्षित गर्भपतन गर्दा माताजीको प्रजनन् अंगमा काठ भेटियो’
स्वेचिछ गर्भपतन गैह्रकानूनी भएको त्यो बेला जलेश्वरमा मुडेबलले गर्भपतन गरिदिनेको बिगबिगी नै थियो।

मठ मन्दिरमा बस्ने ‘माता जी’हरू समेत असुरक्षित गर्भपतन गरेर जलेश्वर अस्पताल पुगेको घटना सम्झन्छन् डा. अर्जुनदेव। जलेश्वरमा नै काम गर्दा असुरक्षित गर्भपतन गरेर अस्पताल पुगेकी करिब ४५ वर्षकी माताजीको प्रसङ्ग सुनाए उनले।

अस्पताल पुर्याउँदा ती माताजीको रक्तश्राव भइरहेको थियो। तर, उनले गर्भपतन गराएको विषय लुकाइरहेकी थिइन्। स्वास्थ्य परीक्षण गर्दा उनको महिलाको योनीमा त गर्भपतनका लागि राखिएको काठको टुक्रा नै भेटियो। त्यसपछि मात्र असुरक्षित गर्भपतन गरेको निष्कर्षमा पुगे डा. अर्जुनदेव।

उनले ती महिलाको योनीमा राखिएको काठ निकालिदिए। औषधि उपचार गरे। त्यसपछि असुरक्षित रूपमा गरिएको अपूर्ण गर्भपतन पूर्ण गराए। औषधि उपचारपछि ती महिलाको ज्यान बाँचेर स्वास्थ्य सामान्य अवस्थामा फर्केको सम्झन्छन् उनी।

सहकर्मीकै बुवाको थिएटरमा नै मृत्यु
त्यसो त डाक्टर परिचित भएपछि यो डाक्टरले सबै किसिमको रोगको उपचार गर्छ भन्ने जनमानसले सोच्ने गरेकोे पाइन्छ।

डा. अर्जुनदेवले पनि जलेश्वरमा धेरै किसिमका रोगको उपचार गरेका थिए। उनी जनकपुरमा यति धेरै परिचित भइसकेका थिए की उनी त्यहाँका सेलिब्रेटी डाक्टर नै थिए। सबैमाझ परिचित उनले सबै रोगको उपचार गर्नसक्छन् भन्ने जनमानसमा परिसकेको थियो। जसले गर्दा उनीकहाँ बिरामीको चाप नै हुन्थ्यो।

त्यसो त जलेश्वर अस्पतालमा नै काम गर्ने डा. अर्जुनदेवका सहकर्मी श्रीमान्–श्रीमती नै चिकित्सक थिए। डा. अर्जुनदेवका सहकर्मी चिकित्सकका बुवालाई समेत उपचारका लागि उनीहरूले काठमाडौंबाट जनकपुर बोलाएछन्। ७० वर्ष नाघेका ती बिरामीको पायल्सको शल्यक्रिया गर्नुपर्ने थियो।

सबै तयारीपछि सहकर्मीका बुवालाई डा. अर्जुनदेवले शल्यक्रिया कक्षमा लगे। अप्रेशन टेबुलमा सुताए। शल्यक्रिया कक्षमा ती बिरामीकी बुहारी (चिकित्सक) थिइन्। डा. अर्जुनदेव आफैँले एनेस्थेसिया दिएर बिरामीको शल्यक्रिया गर्ने भाग लट्याए।

जनकपुरमा डा. अर्जुनदेवले सन् १९७९ सम्म करिब पाँच वर्ष काम गरे। त्यो बेला उनले छोराछोरी पढाउन पनि सहज हुन्छ भन्ने दृष्टिले भक्तपुर अस्पतालमा काम गर्न उनले सरुवा मागेका थिए। तर, पाएनन्। 

तर, दुर्भाग्य एनेस्थेसियाको पहिलो सुई दिँदाखेरि नै बिरामीलाई हृद्यघात भयो। शल्यक्रिया कक्षमा बिरामीकी बुहारी, नर्स लगायतको टिम थियो।

हृद्यघात भएपछि सीपीआर गर्ने लगायतका उपचार विधि अपनाएर ती बिरामीलाई डा. अर्जुनदेव र बिरामीकी बुहारी लगायतको टिमले बचाउन निक्कै प्रयास गर्यो। तर, केही चलेन। अप्रेशन थिएटरमा नै बिरामीले दक तोडे।

‘बिरामीका छोरा अप्रेश थिएटर बाहिर अस्पतालमा हुनुहुन्थ्यो, बुहारी थिएटरमा नै हुनुहुन्थ्यो,’ त्यो बेलाको उनले घटना सुनाए, ‘त्यो घटना सम्झँदा अझै पनि मन चसक्क हुन्छ।’

पत्करको चकटीमा प्रारम्भिक शिक्षा
स्थायी घर बैतडी भए पनि बुवाको जागिर पाल्पामा भएकाले अर्जुनदेव वि.सं.२००२ मा पाल्पामा नै जन्मिए। पाल्पाबाट उनका बुवाको सरुवा प्यूठानमा भयो। त्यसपछि बैतडीको उर्गौंमा जंगल छेउ पत्कर थुपारेर चकटी जस्तो बनाएर ओछ्याएर प्रारम्भिक शिक्षा लिएको उनलाई सम्झना छ। 

बुवाको सरुवा भएपछि फेरि उनी डोटी पुगे। डोटीमा तीन कक्षासम्म पढे। चार कक्षादेखि भने दाजुसँग बसेर अर्जुनदेवले दरबार हाइस्कुलमा पढ्न थाले। त्यो बेला काठमाडौंलाई नेपाल भन्ने चलन भएको सम्झन्छन् उनी। 

नौ कक्षा आधा वर्षसम्म पढेपछि काठमाडौंको कालिकास्थानमा रहेको विजय मेमोरियल हाइस्कुलमा रात्री स्कुलमा पढ्न थाले। त्यहिँबाट उनले २०१८ तिर उनले एसएलसी दिएर उत्तीर्ण भए। त्यसपछि त्रिचन्द्र कलेजबाट आइएस्सी गरे।

सोभियत संघमा डाक्टरी अध्ययन
आइएस्सीपछि अर्जुनदेव तत्कालीन सोभियत संघमा चिकित्सा विज्ञान विषय अध्ययनका लागि पुगे। एक वर्ष रसियन भाषा अध्ययन गरेपछि चिकित्सा शिक्षा अध्ययन गर्नुपथ्र्यो। ‘म १९६३/०६४ को प्लानमा गएको,’ उनले सुनाए। 

त्यसैले सात वर्षमा डा. अर्जुनदेवको एमडि अध्ययन पूरा भयो। त्यो अध्ययनलाई नेपालमा एमबीबीएस भनिने गरेको भए पनि कोर्ष लामो र केहि फरक थियो। त्यसैले त्यहाँ भने एमडी भनिन्थ्यो।

एमडी अध्ययनपछि डा. अर्जुनदेवले सोभियत संघमा नै दुईवर्ष जनरल सर्जरीको एमएस गरे। त्यहिबेला उनले जनरल सर्जरी विषयमा विद्यावारिधि (पिएचडी) अध्ययन गरे।

चार वर्षमा जनरल सर्जरी र पिएचडी तहसम्मको अध्ययन पूरा भयो। उनले सन् १९७२ मा रसियामा नै अध्ययनको क्रममा विवाह गरे। अध्ययनपछि डा. अर्जुनदेव भट्ट र उनकी श्रीमती सन् १९७४ मा नेपाल फर्के।

जनकपुरमा पाँचवर्ष काम गरेपछि...
नेपाल फर्केपछि सन् १९७४ मा नै डा. अर्जुनदेव मेडिकल अधिकृतको रूपमा सरकारी स्थायी चिकित्सक भए। त्यसपछि पोष्टिङ भएर जनकपुरको तत्कालीन जलेश्वर अञ्चल अस्पतालमा पुगे। त्यहाँ एक वर्ष काम गरेपछि अस्पताल नै जनकपुरमा सारिएछ।

जनकपुरमा डा. अर्जुनदेवले सन् १९७९ सम्म करिब पाँच वर्ष काम गरे। त्यो बेला उनले छोराछोरी पढाउन पनि सहज हुन्छ भन्ने दृष्टिले भक्तपुर अस्पतालमा काम गर्न उनले सरुवा मागेका थिए। तर, पाएनन्। 

त्यसपछि डा. अर्जुनदेव अध्ययन बिदा लिएर श्रीमती र बालबच्चासहित पुनः सोभियत संघमा नै गएर युरोलोजी विषयमा विशिष्टिकृत (सुपर स्पेशलाईजेशन÷डि.एससी) अध्ययनका लागि पुगे। उनीहरूका एक छोरा र एक छोरी छन्। ६ वर्ष अध्ययनपछि सन् १९८४ को अन्त्यमा परिवारसहित उनी नेपाल फर्के।

त्यसैगरी सिआर्म मगाएर केही वर्षपछि आए पनि जुन डाक्टरको विभागमा उपकरण दियो त्यो डाक्टरमाथि जान्छ भन्ने होडबाजीका कारण सिआर्म नै नपाउँदा उपचारमा निक्कै समस्या भोगेको उनले सुनाए।

नेपाल फर्केपछि डा. अर्जुनदेव सिनियर सर्जिकल रजिष्ट्रारको रूपमा वीर अस्पतालमा काम गर्न थाले। त्यसपछि नेपाल परिवार नियोजन संघमा मेडिकल निर्देशकको रूपमा करिब तीन वर्ष काजमा गएर काम गरे। त्यहाँ परिवार नियोजनसम्बन्धी अवस्थाको बारेमा बुझ्ने राम्रो अवसर मिलेको उनले सुनाए। परिवार नियोजनसम्बन्धी शिविरको सिलसिलामा विभिन्न ठाउँमा घुम्ने मौका समेत पाए उनले।

त्यसपछि डा. अर्जुनदेव वीर अस्पतालमा नै फर्के। वीर अस्पतालमा उनले युरोलोजी विभागको स्थापना गरे। युरोलोजीको विभागीय प्रमुखको जिम्मेवारी सम्हाले।

अनिवार्य अवकाश उमेर हदका कारण सन् २००५ मा अवकाश हुँदाका बखतसम्म वीरअस्पालमा नै काम गरेको उनले सुनाए। ७७ वसन्त पार गरिसकेका डा. अजुनदेव सक्रिय चिकित्सकका रूपमा काम गरिरहेका छन्।

डा. अर्जुनदेव फुर्सदको समयमा पुस्तक लेख्नुका साथै विभिन्न लेख लेख्छन्। डा. अर्जुनदेवका ‘समय यात्रा,’ ‘अविस्मरणीय पलहरू’, ‘डाक्टरको द्धिविधा’, ‘मुटुको धड्कन’, ‘मेरिआमाः एक दृढ प्रतिज्ञा नारी’ जस्ता पुस्तक प्रकाशित छन्। 

वीरमा विभाग स्थापनाकालको हण्डर
त्यो बेला निजी क्षेत्रका व्यवसायी, संघसंस्थालाई गुहारेर कोठा रंग्याउनेदेखि लिएर बेड, दराज लगायत विभिन्न किसिमका आवश्यक सामग्री जोडेर युरोलोजी विभागको स्थापना गर्दाको संघर्ष सम्झन्छन् डा. अर्जुनदेव।

‘के एउटा दराज किन्न नसक्ने सरकार हो हाम्रो?’ उनले प्रश्न गरे। 

वीर अस्पतालमा सानो औजार मगाउनसमेत वर्षौं लागेकाले सोचे अनुरुप उपचार सेवा दिन समेत कठिन भएको सम्झन्छन् डा. अर्जुनदेव।

‘किड्नीमा स्टोन ब्लाष्ट गर्नका लागि चाहिने मालसामान मगाउनका लागि मलाई पाँच वर्ष लाग्यो,’ उनले भने। 

मगाएको पाँच वर्षपछि औजार आए पनि पूरा आएनछ।

त्यसैगरी सिआर्म मगाएर केही वर्षपछि आए पनि जुन डाक्टरको विभागमा उपकरण दियो त्यो डाक्टरमाथि जान्छ भन्ने होडबाजीका कारण सिआर्म नै नपाउँदा उपचारमा निक्कै समस्या भोगेको उनले सुनाए।

‘सरकारी अस्पतालमा काम गर्नेहरूको आफ्नै किसिमको होडबाजी पनि छ,’ उनले बताए।

पछि आफू अवकास हुने समयमा मात्रै युरोलोजी विभागमा सिआर्म मेसिन आएको उनले सुनाए। वीर अस्पतालमा निक्कै संघर्ष गरेर मुत्र थैलीको क्यान्सर (ब्लाडर क्यान्सर) लगायतको उपचार सेवा सुरु गरेको सम्झन्छन् उनी।

थाइल्याण्डमा पुगेर मिर्गौला प्रत्यारोपणको तालिम लिएका उनले वीर अस्पताल फर्केर मिर्गौला प्रत्यारोपण गर्दा निक्कै संघर्ष गर्नुपरेको उनी सम्झन्छन्।

त्यसैले चिकित्सकहरूले जुन ठाउँमा जे सुविधा छ, त्यहि सुविधा र आवश्यकताअनुसार उपचार सेवा दिनुपर्ने डा. अर्जुनदेवको सुझाव छ। युवा तथा डाक्टरी पेशा भर्खर सुरु गरेका सुविधासम्पन्न ठाउँ छोडेर दुर्गम ठाउँतिर जाँदा सिकिँदैन भन्ने सोचाइ सहि नभएको उनले सुनाए।

१७ मंसिर, २०७९, १९:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।