विश्वकप: अन्तिम १६ मा अहिलेसम्म कुन-कुन टोली पुगे ? कसको प्रतिद्वन्द्वी को ?

विश्वकप: अन्तिम १६ मा अहिलेसम्म कुन-कुन टोली पुगे ? कसको प्रतिद्वन्द्वी को ?

काठमाडौं: कतारमा भइरहेको विश्वकप फुटबल २०२२ को समूह चरणको खेलहरू अन्तिम-अन्तिममा आइपुगेको छ। यसबीच केही टोली विश्वकपको अन्तिम १६ मा पुगिसकेका छन्।

फ्रान्स, ब्राजिल र पोर्चुगलले आफ्नो लगातार दुई खेल जितेर अन्तिम १६ मा स्थान पक्का गर्ने पहिलो तीन टोली बने। त्यसबाहेक आफ्नो समूहको अन्तिम खेल खेल्दै नेदरल्याण्ड्स, सेनेगल, इङ्ग्ल्याण्ड, अमेरिका, अर्जेन्टिना, पोल्याण्ड, अष्ट्रेलिया र पनि अन्तिम १६ मा पुगेका छन्।

अब ६ टोली अन्तिम १६ मा पुग्नका लागि प्रतिस्पर्धा गर्नेछन्। यसबीच अन्तिम १६ का समेत चार खेलको फिक्स्चर टुङ्गो लागेको छ।

जसअनुसार नेदरल्याण्ड्सले अमेरिकाको सामना गर्नेछ। यस्तै अर्जेन्टिनाले अष्ट्रेलियाको सामना गर्दा फ्रान्सले पोल्याण्डको सामना गर्नेछ।

इङ्ग्ल्याण्डले भने अन्तिम १६ मा सेनेगलको सामना गर्नेछ। अन्तिम १६ मा पुगेका अन्य टोलीको प्रतिद्वन्द्वी तय हुन बाँकी छ। 

१५ मंसिर, २०७९, ०९:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।