उकेरा अर्थ

यतीमा यात्रा गर्ने कुनालले जिते यामाहा स्कुटर


काठमाडौँ : यती एयरलाइन्सको चाडपर्व उडान अफर अन्तर्गत सञ्चालन गरेको उपहार कुनाल विष्टले जितेका छन्। 

यतीले बुधवार गरेको लक्की ड्र भाग्यशाली विजेता घोषणा कार्यक्रममा विष्टले यमाहा कम्पनीको तर्फबाट दुई लाख ८६ हजार ९ सय मूल्य बराबरको यामाहा रे जेड आर स्कुटर प्राप्त गरेका हुन्। विष्टले भद्रपुर–काठमाडौँ उडान गरेका थिए।

दोस्रो पुरस्कार दीपक थापाले जिते। उनले बालाजी डाइमण्डको तर्फबाट ८२ हजार मूल्य बराबरको हिराको टप प्राप्त गरेका छन्। थापाले भैरहवा–काठमाडौँ उडान गरेका थिए। 

तेस्रो पुरस्कार पोखरा–काठमाडौँ उडान गरेकी कल्पना गुरुङले प्राप्त गरेकी छिन्। उनले ५९ हजार ९ सय ९९ मूल्य बराबरको यसुदा वासिङ मेसिन प्राप्त गरिन्। 

यती एयरलाइन्सले चाडपर्वको समय यात्रा गर्ने आफ्ना यात्रुहरूलाई लक्षित गरी असोज १० देखि कात्तिक २५ गतेसम्म ४७ दिन उडान भर्ने यात्रुलाई उक्त कार्यक्रममा सहभागिता गराएको थियो।

सोही अवधिमा एक लाख १७ हजार ५३८ यात्रुले यती एयरलाइन्समा यात्रा गरेको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए। विजेता यात्रुहरूलाई  एअरलाईन्सले सम्पर्क गरी उपहार वितरण गरिने उनले जानकारी दिए।

कार्यक्रममा बोल्दै एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनोज रिमालले यती एयरलाइन्सलाई माया गरेर यात्रा गरेकोमा यात्रुलाई धन्यवाद दिए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

नेपाल एयरलाइन्सकाे टिकट अब अनलाइनबाटै

एयरलाइन्सले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै अनलाइनमार्फत टिकट लिन सकिने बताएको हो। एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानका लागि निगमको वेबसाइटमार्फत अन्तर्राष्ट्रिय कार्डबाट टिकट लिन सक्ने जनाएको छ।....

साप्ताहिक शेयर समीक्षा : राजनीतिक उतारचढावले बजार घट्यो

सूचक घटे पनि शेयर कारोबार रकम खासै घटेको देखिएन। आइतबार करिब दुई अर्ब ९३ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको थियो। पुसदेखि निरन्तर बढेको शेयर....

बिहीबार बढेर रेकर्ड बनाएको सुनकाे मूल्यमा गिरावट, आज १४०० रुपैयाँले घट्याे

अघिल्लो दिन सुनकाे मूल्य हालसम्मकै उच्च विन्दुमा रहँदा प्रतितोला १ लाख ७ हजार ५ सयमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य....

शेयर बजारमा दोहोरो अंकको गिरावट, आदर्श लघुवित्तमा सर्किट लाग्यो

आज १३ उपसूचक समूहमध्ये कुनै पनि बढ्न सकेन। सबैभन्दा बढी नोक्सान जीवन बीमा समूहमा २.१७ प्रतिशतले हुँदा त्यसपछि जलविद्युत्मा २.०६ प्रतिशतले घट्यो। बजार घटेसँगै कारोबार....

याे वर्ष म्याग्दी जिल्लाले मात्रै बेच्याे २० करोडको सुन्तला

म्याग्दीमा उत्पादन भएको सुन्तला जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौं, पोखरा, मुग्लिन लगायतका बजारमा निकासी हुने गरेकाे छ। ‌औसतमा प्रतिकिलो रु ६० का दरले रु २०....