काठमाडौँ : हेराल्ड कलेज काठमाडौँबाट तीन सय ९६ जना दीक्षित भएका छन्। सन् २०२२ को ब्याचबाट स्नातक उत्तीर्ण गरेका उनीहरूलाई कलेजले दीक्षान्त समारोहको आयोजना गरेर प्रमाण पत्र प्रदान गरेको थियो।
उकेरा शिक्षा
दीक्षितमध्ये ३ सय ६१ जनाले विएस्सी अनर्स कम्प्युटर साइन्स र ३५ जना बिएस्सी अनर्स इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट विषयका छन्।
दीक्षित विध्यार्थीहरुलाई बेलायतमा रहेको एल्भरहेम्टन विश्वविद्यालयका सह उपकुलपति टिम स्टिलले दीक्षान्तको प्रमाण पत्र प्रदान गरेका थिए।
दीक्षान्त समारोहमा बोल्दै कलेजका प्रमुख कार्यकारी अधिकृत प्रकाश श्रेष्ठले नेपालमा उत्कट र गुणस्तरीय शिक्षा प्रदान गर्न हेराल्ड सफल भएको दाबी गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि टिम स्टिलले विश्वविद्यालयले सोच अनुसार कलेजले शिक्षा दिन सकेकोमा आफू गौरवान्वित भएको बताए।
२०७९ मंसिर १४ गते १६:१९ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।