काठमाडौं : फिफा विश्वकप २०२२ अन्तर्गत आज ४ खेल हुँदैछ जसमध्ये एक खेलमा अर्जेन्टिनाको समर्थकहरूको मुटुको ढुकढुकी तीव्र हुने पक्का छ। आज अर्जेन्टिना र पोल्यान्डको प्रतिस्पर्धामा अर्जेन्टिनाले हारे दुर्भाग्य हुनेछ।
उकेरा खेल
विश्वकप सुरु हुनुअघि बाटै अर्जेन्टिनालाई विश्वकपको दाबेदार टिमको रूपमा हेरिए पनि पहिलो खेलमै अप्रत्याशित रूपमा साउदी अरेबियासँग हारेपछि टिमको लय बिग्रियो। दोस्रो खेलमा मेक्सिकोलाई २-० ले हराएर नकआउटको सम्भावना कायमै राख्न सफल भएको टिमले आज पोल्यान्डलाई हराउनै पर्छ।
बुधवार बेलुका पौने १ बजे हुने पोल्यान्ड विरुद्धको खेल जितेमा मात्र अर्जेन्टिना नकआउट चरणमा प्रवेश गर्नेछ। दुई खेलबाट उसले ३ अङ्क मात्रै जोडेको छ। यसले समेत उसलाई दबाबमा पारेको छ।
आजको खेलमा मेसी भर्सेस रोवर्ट लेवान्डोस्कीको साखको रूपमा समेत हेरिनेछ। यता अर्जेन्टिनालाई नकआउट चरणमा प्रवेश गर्न पोल्यान्डलाई हराउनै पर्ने अवस्था छ भने पोल्यान्ड हारे पनि नकआउट चरणमा पुग्ने छ।
कथमकदाचित अर्जेन्टिना र पोल्याण्डविचको खेल बराबरीमा सकिए नकआउट चरण प्रवेश गर्न अर्जेन्टिनाले मेक्सिको र साउदी अरेबियाबिचको खेलको नतिजा कुर्नुपर्छ। साउदी अरेबियाले जितेमा उ अन्तिम १६ मा पुग्ने छ। उता मेक्सिको नकआउट चरणमा जान पनि अर्जेन्टिना र पोल्यान्डको नतिजा महत्त्वपूर्ण हुनेछ।
यता अर्जेन्टिना हारेमा अनि उसले साउदीलाई हराएमा मात्र उ नक आउट चरणमा पुग्न सक्नेछ। अर्जेन्टिना हार्यो अनि उता साउदीसँग बराबरी भयो भने पनि मेक्सिको र अर्जेन्टिना नकआउट चरणमै नगई बिदा हुनेछन्।
पोल्यान्ड र अर्जेन्टिनाविचको प्रतिस्पर्धा हेर्ने हो भने अर्जेन्टिना नै हाबी देखिन्छ। अहिलेसम्म यी दुवै टिमबिच ११ पटक आमनेसामने भएको छ। त्यसमा अर्जेन्टिनाले ६ खेल जितेको छ। पोल्यान्डले तीन खेल जितेको छ भने २ खेल बराबरी भएको छ।
यी दुवै समूहको टिमबिचको समन्वय हेर्ने हो भने पनि अर्जेन्टिना हाबी देखिन्छ।
२०७९ मंसिर १४ गते १४:३१ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।