नेपाल बाहिर

क्यामरुनमा मृत्यु संस्कारका लागि जम्मा भएकाहरू पहिरोमा परे: १४ जनाको मृत्यु, केही बेपत्ता


एजेन्सी: क्यामरुनको राजधानी याओन्देमा आइतबार पहिरोमा परेर कम्तीमा पनि १४ जनाको ज्यान गएको छ। सोमबार प्रहरीले दिएको जानकारीअनुसार पहिरोमा परेर यहाँका १४ जनाको ज्यान गएको छ भने अरू केही हराइरहेका छन्।

क्यामरुनको यस क्षेत्रमा पछिल्लो समयमा बाढी र पहिरोको प्रकोप बढेको बताइएको छ। यस क्षेत्रका नागरिकको मुत्यु संस्कारका क्रममा जम्मा भएका नागरिक पहिरोमा परेका थिए।

त्यस क्रममा जम्मा भएका १४ जनालाई पहिरोले लगेको र अरू केही भाग्न सफल भएका थिए। त्यसमा परेर केही व्यक्ति हराएका र उनीहरूको खोजी जारी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरी घटनास्थलमा पुगेको र उद्धार तथा खोजीको काम जारी राखेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

पाकिस्तानमा जातीय समूहबीच झडप हुँदा पाँच जनाको मृत्यु

घटनामा एक जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। अधिकारीहरूका अनुसार जिल्लाको बाग–ए–नारी क्षेत्रमा जमिनको विवादलाई लिएर झडप भएको थियो। झडपमा दुवै समूहले स्वचालित हतियारको....

लाइभ टिभीमा डिग्री च्यात्ने प्राध्यापकलाई तालिबानले पक्रियो

तालिबानले अहिलेसम्म आधिकारिक रूपमा इस्माइल मशाललाई गिरफ्तार गरेकोबारे टिप्पणी गरेको छैन। यद्यपि तालिवान सूचना मन्त्रालयका एक सदस्यले सामाजिक सञ्जालमा उनीसँग निष्पक्ष व्यवहार गरिने दाबी गरेका छन्। टिभीमा....

पाकिस्तानको एक राजमार्गमा बस र ट्रक जुधे, बसमा सवार १८ जनाकाे मृत्यु

प्रहरीका अनुसार बिहीबार राति त्यस प्रान्तकाे कोहत जिल्ला अन्तर्गत इन्डस राजमार्गमा बस र ट्रक एकआपासमा ठोक्किएका थिए। विपरीत दिशातर्फबाट आएको ट्रकले बसलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर....

मुद्रास्फीति बढेपछि अर्जेन्टिनाले जारी गर्‍यो दुई हजार पेसोको नोट

अर्जेन्टिनी दुई हजार पेसोको मूल्य ११ अमेरिकी डलर बराबर हुनेछ। यो भनेको आजको विनिमय दरअनुसार एक हजार ४५९ रुपैयाँ बराबर हो। पछिल्लो १२ महिनामा ९५....

जम्मू–कश्मीरमा ‘परफ्युम बम’ बरामद

दिलबाग सिंहका अनुसार यी दुवै बम २० जनवरीमा राखिएको थियो। जनवरी २१ मा मारवालमा २० मिनेटको अन्तरालमा दुईवटा विष्फोट भएको थियो, पहिलो विस्फोटमा नौ जना....