उकेरा कला

विवाह  अभिनेता सलोनको, चर्चा पूजा-युद्ध अनि भुवन-जियाको


काठमाडौं : नायिका पूजा शर्मा र युद्ध बानियाँबिचको सम्बन्ध नेपाली फिल्म क्षेत्रका लागि सिक्रेट हैन। तर उनीहरू सार्वजनिक कार्यक्रमहरूमा भने केही सम्बन्धै नभएझैँ व्यवहार गर्न खप्पिस छन्।

प्रेममा धेरै हन्डर र ठक्कर खाएर स्ट्रोङ हुँदै गएकी पूजाका प्रेमी युद्ध राजनीतिक परिवारसँग जोडिने भएकाले पनि होला अलि हच्कीहच्की देखिन्थे कार्यक्रमहरूमा। तर

अभिनेता सलोन बस्नेतको मेहेन्दी कार्यक्रममा उनीहरू सँगसँगै पुगेनन् मात्रै खुलेर रमाइलो पनि गरे। दुवै अब 'ह्या कति लुकाउनु थाहा पाए पाउन्' भन्ने निष्कर्षमा पुगेको देखियो। अर्थात् उनीहरूको अफेयरले फस्ट स्टेज पार गरेर अब परिपक्व बनेको हुनसक्छ।

पातले बन रिसोर्टमा भएको कार्यक्रममा सबैको नजर परेको अर्को पाको जोडी थियो चलचित्र विकास बोर्डका अध्यक्ष तथा फिल्म निर्माता भुवन केसी र जिया केसीको जोडी। यी दुवै लिभइन रिलेसनमा रहे पनि सम्बन्ध भने प्रेमी प्रेमिका नै हो। किनकि औपचारिक रूपमा यी दुवैले विवाह गरेका छैनन्।

अमेरिका भ्रमणमा गएका बेलामा भुवनले निकट भविष्यमै विवाह हुनसक्ने समेत स्विकारेका छन्। तर विवाहको मिति घोषणा गरेका छैनन्। भुवनको मुड न हो बदलिन पनि सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

कियारा र सिद्धार्थको विहे ६ फेब्रुअरीमा, शाहरुख खानको एक्स बडिगार्डलाई सुरक्षाको जिम्मा

यो दरबारको हरेक दिनको भाडा एकदेखि दुई करोड भारुसम्म पर्ने गरेको छ। विहेमा आउने निम्तालुहरूका लागि मर्सिडिज बेञ्ज, ज्यागुअर, बीएमडब्ल्यू जस्ता ७० वटा कारको व्यवस्था....

मिस नेपाल २०२३ को आवेदन खुला, नेपाली नागरिकता र पासपोर्ट चाहिने

यस पटक सात वटै प्रदेशमा अडिसन हुने भएको छ। जसअनुसार काठमाडौं अडिसन १८ मार्च २०२३ मा पार्क भिलेज, बूढानीलकण्ठमा हुनेछ। त्यस्तै इटहरी, वीरगञ्ज, पोखरा, नेपालगञ्ज, सुर्खेत....

फिल्म 'प्रेमा'को फर्स्टलुक सार्वजनिक, शुभेच्छा-अरुण-सृष्टिको त्रिकोणात्मक प्रेमकथा

अर्को फर्स्टलुकमा शुभे्च्छा, अरुण र सृष्टिलाई खुशीको मुडमा देख्न सकिन्छ। तेस्रोमा शुभेच्छा र अरुण रोमान्टिक हुँदा छेउमा अरुण र सृष्टिको खुशीको मुड देखाइएको छ। निर्देशक....

बहिष्कार र विवादपछि विकास बोर्डको प्रष्टीकरण : सूर्य कर्पोरेशनलाई व्यवस्थापकीय जिम्मा दिइएको हो, ३० लाख होइन

शुक्रबार विज्ञप्ति निकालेर बोर्डका चलचित्र संग्रहालय, सूचना तथा अन्तर्राष्ट्रिय सम्बन्ध अधिकृत चिरञ्जीवी गुरागाईंले  युएईको दुबईमा हुने नेपाल सिनेमा फेस्टका लागि बोर्डले ३० लाख रुपैयाँ छुट्याएको....

अभिनेत्री साम्राज्ञीसँगको दुश्मनीले ‘ह्यारीकी प्यारी’को प्रिमियरमा गएनन् बोर्ड अध्यक्ष केसी

फिल्मका निर्माता, लेखक तथा डीओपी सुदिप बरालले साम्राज्ञीसँगको व्यक्तिगत दुश्मनीकै कारण बोर्ड अध्यक्ष भुवनले प्रिमियरको निम्तो अस्वीकार गरेको बताए। उनले भने, ‘बोर्डको अध्यक्ष भएपछि उहाँले व्यक्ति हेर्नु हुन्न....