विश्वकपमा आज कुन-कुन खेल कति बजे हुँदै ?

विश्वकपमा आज कुन-कुन खेल कति बजे हुँदै ?

काठमाडौं: कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज तीन खेल हुँदैछन्। यस्तै एक खेल राति १२ बजेपछि हुनेछ।

आज समूह चरणअन्तर्गत समूह ‘ई’ र समूह ‘एफ’ का समान दुई–दुई खेल हुँदैछन्। पहिलो खेलमा समूह ‘ई’ मा रहेको जापान र कोस्टारिकाबीच प्रतिस्पर्धा हुनेछ। खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ। जापान आफ्नो दोस्रो जितको खोजीमा हुनेछ।

यसअघि भएको पहिलो खेलमा जापानले जर्मनीलाई २–१ गोलअन्तरले पराजित गरेको थियो। यता कोस्टारिका भने पहिलो जितको खोजीमा हुनेछ। कोस्टारिका पहिलो खेलमा स्पेनसँग ७–० को गोलअन्तरमा पराजित भएको थियो।

त्यस्तै आजको दोस्रो खेलमा समूह ‘एफ’का बेल्जियम र मोरक्कोबीच भिडन्त हुनेछ। उक्त खेल साँझ ६ः४५ बजे सुरु हुनेछ। पहिलो खेलमा क्यानडालाई १–० गोलअन्तरले पराजित गर्दै बेल्जियम विजयी भएको थियो।

मोरक्को भने पहिलो जितको खोजीमा हुनेछ। पहिलो खेलमा मोरक्कोले क्रोएसियासँग गोलरहित बराबरी खेलेको थियो।

आजै हुने तेस्रो खेलमा क्रोएसिया र क्यानडाबीच भिडन्त हुनेछ। समूह ‘एफ’का क्रोएसिया र क्यानडाबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ। क्रोएसिया र क्यानडा पहिलो जितको खोजीमा रहेका छन्। पहिलो खेलमा क्रोएसियाले मोरक्कोसँग गोलरहित बराबरी खेलेको थियो भने क्यानडा बेल्जियमसँग पराजित भएको थियो।

त्यस्तै आजै हुने चौथो तथा अन्तिममा खेलमा समूह ‘ई’को जर्मनीले स्पेनको सामना गर्नेछ। उक्त खेल नेपाली समयानुसार राति १२ः४५ बजे सुरु हुनेछ।

पहिलो खेलमा हार व्यहोरेको जर्मनी पहिलो जितको खोजीमा हुनेछ। त्यस्तै स्पेन भने दोस्रो जित हात पार्ने दाउमा हुनेछ।

११ मंसिर, २०७९, ०९:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।