चीनमा आगलागीमा परी ३६ जनाको मृत्यु, शंकास्पद दुई जना नियन्त्रणमा

चीनमा आगलागीमा परी ३६ जनाको मृत्यु, शंकास्पद दुई जना नियन्त्रणमा

एजेन्सी: चीनको एक व्यापारिक फर्ममा भएको आगलागीमा परेर कम्तीमा पनि ३६ जनाको ज्यान गएको छ। मध्य चीनको हेनान प्रान्तमा रहेको एन्यान शहरमा अवस्थित एक व्यापारिक फर्ममा आगलागी भएको हो।

यस सम्बन्धी पूर्ण विवरण आएको छैन। आगलागीबाट अरू दुई जना घाइते भएका छन्। आगलागीमा परेर दुई जना बेपत्ता रहेका छन्। उनीहरू आगो लागेको भवनको भग्नावशेषमा परेका अनुमान गरिएको छ।

सोमबार राति ११ बजेतिर त्यहाँ आगलागी भएको प्रहरीले जनाएको छ। यहाँ ठूलो संख्याका प्रहरी तथा उद्धारकर्मीहरूले उद्धारको काम गरिरहेका पनि बताइएको छ।

यस फार्ममा के कति कारणले आगलागी भएको हो भन्ने बारेमा भने केही बताइएको छैन। प्रहरीले सो फार्ममा रहेका दुई जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ।

६ मंसिर, २०७९, १३:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।