मनोचिकित्सक डा. निदेशको उपचार अनुभव : जुरुक्क उठेर आएका युवकले च्याप्प कठालो समातेर मलाई घिसार्दै बाहिर निकाले

मनोचिकित्सक डा. निदेशको उपचार अनुभव : जुरुक्क उठेर आएका युवकले च्याप्प कठालो समातेर मलाई घिसार्दै बाहिर निकाले

काठमाडौं : केही वर्षअघि मानसिक समस्या भएकी महिलाले आफ्नै श्रीमान्को हत्या गरेको प्रसङ्ग सम्झँदा मनोचिकित्सक प्रा.डा. निदेश सापकोटालाई निक्कै पीडाबोध हुन्छ।

श्रीमान्को हत्या गरेपछि ती महिलालाई सजायका लागि कारागार राखियो। केही वर्षपछि स्वास्थ्य शिविर लिएर विराटनगर जाँदा डा. निदेशको टिमले ती महिलालाई कारागार पुगेर भेट्यो।

उनले ती महिलाको मानसिक स्वास्थ्यको अवस्था परीक्षण गरे। कारागारमा स्वास्थ्य शिविर लिएर जानुअघि पनि मनोचिकित्सकको टिमले महिलाको स्वास्थ्य परीक्षण तथा उपचार गरेको थियो।

कारागारमा भेटेपछि ती महिलाको मानसिक स्वास्थ्यको औषधि उपचारका लागि प्रहरी प्रशासनलाई उनले सुझाव दिए। डा. निदेशले सुनाए– ‘ती महिलालाई जेलमा गएर मैले हेरेँ। औषधि नटुटाउन सुझाव दिएँ।’

उपचारपछि ती महिलाको स्वास्थ्यमा सुधार हुँदै गएको थाहा पाएका थिए उनले। कारागारमा रहँदा ती महिलाले मनोचिकित्सकसँगको परामर्शमा नियमित मानसिक समस्याको औषधि सेवन गरेको र मानसिक स्वास्थ्यमा सुधार भइरहेको डा. निदेशले पछिसम्म थाहा पाएका थिए।

युवाले डा. निदेशको कठालोमा च्याप्प समाए। त्यसपछि उनको लुगामा समाएर ती युवाले घिसारेर ओपिडिबाट बाहिर निकालेको प्रसङ्ग अझै उनको दिमागमा ताजै छ।

नाबालक अवस्थामा आमाले बुवाको हत्या गरेको घटना देखेकी ती महिलाका छोराहरूलाई मानसिक रूपमा आघात परेको सम्झन्छन् उनी। ती महिलाका दुई छोराहरूमा मानसिक समस्या देखिएपछि आफूले औषधि उपचार गरेको उनी सम्झन्छन्। पछिसम्म ती छोराहरु मनोपरामर्श तथा उपचारका अस्पतालमा पुगेको डा. निदेशलाई सम्झना छ।

मानसिक समस्याका कारण श्रीमान्को हत्या गरेकी ती महिला र तिनका छोराहरूको उपचार गरेको प्रसङ्ग सम्झँदा अझै डा. निदेशलाई पीडाबोध हुन्छ। उनलाई मनमा खट्किरहन्छ, ‘ती महिलाले बेलैमा उपचार पाएको भए श्रीमान्को हत्या गर्ने थिइनन् की!’

आफ्नै बच्चाको हत्या गर्ने महिला
त्यसो त केही वर्षअघि एक जना महिलाले आफ्नै बच्चालाई हत्या गरेकोे प्रसङ्ग सम्झँदा पनि डा. निदेशलाई निक्कै पीडाबोध हुन्छ। ती महिलाले आफ्नै बच्चालाई मानसिक रोगको समस्याका कारण हत्या गरेको देखिएको उनले सुनाए।

बच्चाको हत्या गरेपछि ती महिलालाई मानसिक रोगको उपचारका लागि आफू काम गरिरहेको अस्पतालमा पु¥याइएको उनले सुनाए। मानसिक स्वास्थ्य परीक्षण गरेको प्रसङ्ग सम्झँदा अझै उनको मन कटक्क हुन्छ।

‘कठालोमा च्याप्प समातेर बिरामीले घिसारे’
त्यसो त एक पटक डा. निदेशलाई नै मानसिक समस्या भएका युवाले घिसारेको प्रसङ्ग उनी कहिल्यै भुल्दैनन्। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकै ओपिडिमा बसेर डा. निदेश मानसिक स्वास्थ्य समस्या भएका बिरामीको स्वास्थ्य परीक्षण गर्नुका साथै परामर्श दिइरहेका थिए।

त्यही समयमा एक जना युवा जुरुक्क उठेर उनी बसेको कुर्सी नजिक पुगे। युवाले डा. निदेशको कठालोमा च्याप्प समाए। त्यसपछि उनको लुगामा समाएर ती युवाले घिसारेर ओपिडिबाट बाहिर निकालेको प्रसङ्ग अझै उनको दिमागमा ताजै छ।

सुरुमा त रिस उठ्यो अनि डर पनि लाग्यो। तर, पछि थाहा भयो। ती घिसार्ने युवा मानसिक समस्या भएर औषधि उपचार गरिरहेका व्यक्ति रहेछन्।

डा. निदेशले सुनाए, ‘ती बिरामीले मलाई ओपिडिबाट परसम्म घिसारेर पुर्याए, मैले प्रतिक्रिया जनाइँन।’

त्यति मात्रै कहाँ हो र। एक पटक त अस्पतालमा बसिररहेको समयमा मानसिक रोगको समस्या भएका युवाले कुर्सी नै उचालेर हान्न खोजेका रहेछन् उनलाई।

‘त्यहाँ भएका अन्य मान्छले छेकेर मलाई चोट लागेन,’ उनले हाँस्दै भने, ‘नत्र मलाई हानिसकेका थिए नि!’

बिरामीबाट यस्ता आक्रमणका घटना भोग्नु धेरै मनोचिकित्सकको अनुभव हुन सक्ने उनले सुनाए।

९ वर्षदेखि खोरमा थुनिएका युवा
धनकुटामा छारे रोगको समस्या भएर खोरमा थुनिएका व्यक्ति धरानको वीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा उपचारपछि ठिक भएको प्रसङ्ग सम्झँदा डा. निदेशलाई आनन्द लाग्छ।

केही वर्षअघिको प्रसङ्ग हो। करिब ३५ वर्षका ती छारे रोगको समस्या भएका पुरुषले स्वभावमा परिवर्तन भएर आक्रमक गर्ने, झम्टने, पिट्नेजस्ता स्वभाव देखाउँदै जान थाले। त्यसपछि परिवारले नौ वर्षदेखि ती पुरुषलाई खोरभित्र थुनेर राखेका थिए।

त्यही क्षेत्रका सक्रिय युवा र अस्पतालसँगको समन्वयमा बिरामीलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइयो। केही समयको उपचारपछि ती व्यक्ति क्रमशः ठिक हुँदै गए।

डा. निदेश धरानमा काम गरिरहँदा ती व्यक्ति नियमित फलोअपमा अस्पताल पुग्ने गरेका थिए। उपचारपछि ती पुरुषको स्वास्थ्य अवस्था राम्रो हुँदै गयो।

कुटपिटमा उत्रने तेह्रथुमका ती युवा
तेह्रथुमको आठराईका साइकोसिसको समस्या भएका करिब २९ वर्षका युवा उपचारपछि ठिक भएको प्रसङ्ग पनि डा. निदेश सम्झिरहन्छन्। 

ती युवामा मानसिक समस्याका कारणले गर्दा परिवार लगायतलाई आक्रमण गर्ने तथा कुटपिट गर्ने जस्ता व्यवहार गर्थे। त्यसैले ती युवालाई खोरमा थुनेर राखिएको थियो।

युवाको बारेमा थाहा पाएपछि स्वास्थ्य शिविरमा गएको मनोचिकित्सकको टोलीले ती युवालाई घरमा नै पुगेर स्वास्थ्य परीक्षण गरी मानसिक रोगको औषधि खुवाइयो।

त्यो अस्पतालमा उपचारका लागि लगिएका केही नेपालीलाई त्यहिँ छाडेर आफन्त हिँड्ने गरेको उनले सुने। मानसिक रोगको समस्या भएपछि आफन्तविहीन भएका बिरामी अस्पतालमा छाडिँदा रहेछन्।

मनोचिकित्सकको परामर्शमा औषधि उपचार गर्दै गएपछि ती युवाको मानसिक स्वास्थ्यमा सुधार हुँदै गयो। त्यसपछि परिवारले ती युवालाई खोरबाट निकालेछन्।

ति युवा ठिक भएपछि समाजमा समेत मानसिक रोग पनि ठिक हुँदोरहेछ भन्ने भन्ने सकारात्मक सन्देश गएको उनले सुनाए।

घर तेह्रथुम, एसएलसी बिराटनगरबाट
तेह्रथुमको हालको फेदाप गाउँपालिकास्थित शेर्मामा जन्मिएका निदेशले प्रारम्भिक शिक्षा गाउँकै अमरसिंह निमाविमा लिए।

त्यसपछि मोरङको बिराटनगर झरेर होस्टलमा बसी बोर्डिङ स्कुल पढ्न थाले। तर, बिरामी परेपछि नौ कक्षा पढ्दा केही दिन मात्रै कक्षा गए।

त्यो बेला जन्डिसको समस्याका कारण लामो समय थाला परेको सम्झन्छन् उनी। बिराटनगरकै सेन्ट जोसेफ बोर्डिङ स्कुलबाट २०४८ मा उनले एसएलसी उत्र्तीण गरेका हुन्।

राँचीमा एमबीबीएस
त्यो समयमा राजनीतिक आन्दोलनका कारण नेपालमा पढाइ प्रभावित भयो। त्यसैले धेरै साथीहरूसँग मिलेर निदेश भारत पढ्न गए। भारतको आन्द्र प्रदेशस्थित स्वामी विवेकानन्द रेसिडेन्सियल स्कुलमा प्लस टु अध्ययन गरेर उनी नेपाल फर्किए।

प्लसटुपछि निदेशको चिकित्सा शास्त्रतर्फको अध्ययन सुरु भयो। उनी सन् १९९६ मा भारतीय दुताबासमार्फत छात्रवृति कोटामा एमबीबीएस अध्ययनका लागि छनोट भए। त्यसपछि भारतको राजेन्द्र मेडिकल कलेज, राँची  पुगेर उनले एमबीबीएस अध्ययन गर्न थाले।

तर, छनोट भएर एमबीबीएस अध्ययनका लागि भारत पुगेको करिब ८ महिना ढिला पढाइ सुरु भएको उनले सुनाए। इन्र्टनसिपसहित एमबीबीएस सकेर सन् २००३ मा निदेश पुनः नेपाल फर्किए।

राँचीमा परिवारले छोडेका ती मनोरोगी प्रेरणाका स्रोत 
एमबीबीएस अध्ययन गरिसकेपछि डा. निदेशले एक वर्ष नेपाल मेडिकल कलेजमा मेडिकल अधिकृतको रूपमा काम गरे। त्यसपछि उनी सन् २००५ मा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातकोत्तर तहको मनोचिकित्सा विषयमा एमडी अध्ययन गर्न थाले। सन् २००८ मा उनको एमडी अध्ययन पूरा भयो।

त्यो बेला मनोरोगको समस्या भएका बिरामीलाई मात्रै हैन, मनोचिकित्सा पढ्ने विद्यार्थीलाई समेत खिसी गरिन्थ्यो रे। त्यसैले त्यो बेला मनोचिकित्सा विषयको अध्ययन गर्ने विद्यार्थी नै कम भएको सम्झन्छन् उनी।

डा. निदेशलाई भने एमबीबीएस अध्ययन गर्दा नै मनोचिकित्सा विषयप्रति चासो बढिसकेको थियो। एमबीबीएस चौथो वर्षमा अध्ययन गर्दा राँचीको नाम चलेको मानसिक अस्पतालमा पोष्टिङ भएको समयमा मानसिक रोगका बिरामीसँग साक्षत्कार गर्ने मौका पाए उनले।

त्यो अस्पतालमा उपचारका लागि लगिएका केही नेपालीलाई त्यहिँ छाडेर आफन्त हिँड्ने गरेको उनले सुने। मानसिक रोगको समस्या भएपछि आफन्तविहीन भएका बिरामी अस्पतालमा छाडिँदा रहेछन्।

आफन्तले छाडेर हिँडेका ती व्यक्तिहरू उपचारपछि मानसिक रूपमा ठिक भएर अस्पतालमा भान्सा लगायत विभिन्न ठाउँमा काम गरेको देखे उनले। ती व्यक्तिहरू वर्षौंदेखि अस्पतालमा नै बस्थे। मानसिक समस्या ठिक भएका नेपाली कोहि क्यान्टिनमा, कोही फर्निचर त कोहि गार्डेन लगायतमा काम गरेको देखे उनले।

कारागारमा कैदीहरूले बनाएका सामग्री अरुले खरिद बिक्रि गरिदिएजस्तै मानसिक रोगको समस्या ठिक भएका व्यक्तिले बनाएका मुढालगायत विभिन्न सामग्री अरु व्यक्तिले खरिद बिक्रि गरेर केही पैसाको जोहो भएको देखे उनले।

परिवारले छाडेका ती नेपालीले आफ्नो सीप बेचेर त्यहाँ राम्रो पैसासमेत कमाएको देखे डा. निदेशले। आफन्तले छाडेर गएको थाहा पाएपछि परिवारप्रति नै वितृष्णा भएर कयौं नेपाली उपचारपछि घर नफर्केको सम्झन्छन् उनी।

डा. निदेशले सुनाए, ‘त्यहाँ अधिकांश वर्षौंदेखि बसेका नेपाली बिरामीहरू नै थिए। जो निको भएर त्यहिँ काम गरिरहेका थिए।’

त्यो मानसिक अस्पतालमा पोष्टिङ भएर काम गर्नुअघि मानसिक स्वास्थ्य समस्या भएका बिरामी उपचारपछि ठिक हुन्छन् भन्ने विषय उनलाई पनि दुविधा थियो।

तर, मानसिक अस्पतालमा तिनै उपचारपछि ठिक भएका नेपाली देख्दा डा. निदेश विश्वस्त भए, ‘उपचारपछि मानसिक रोगको समस्या पनि ठिक हुँदो रहेछ।’

त्यसपछि नै हो डा. निदेशले एमडीमा मनोचिकित्सा विषय अध्ययन गर्ने अठोट लिएको। मनोचिकित्सा विषय अध्ययन गर्नुको पहिलो प्रेरणको स्रोत नै राँचीमा मानसिक समस्या भएर उपचारपछि ठिक भएका ती व्यक्तिलाई मान्छन् उनी।

‘मलाई मनोचिकित्सा विषयप्रति प्रेम जगाउने नै राँचीमा देखेका मनोरोगको उपचारपछि ठिक भएका ति बिरामी हुन्,’ उनले सुनाए।

जहाँ पढे, त्यहीँ जागिरे
मनोचिकित्सा विषयको अध्ययन सक्नासाथ डा. निदेश वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नै जागिरे भएर मनोचिकित्सकका रूपमा काम गर्न थाले।

प्रतिष्ठानमा करार जागिरेका रूपमा प्रवेश गरेका उनी एक वर्षपछि स्थायी भए। तर, उनले डेढ वर्षअघि २०७७ चैतमा भने प्रतिष्ठानको स्थायी जागिर छाडेर काठमाडौं आए।

कानमा आवाज आउने, अनावश्यक भ्रम पैदा हुने, उदास हुने, दिक्क हुने, खिन्न हुने, कराउने तथा चिच्याउने जस्ता मानसिक रोगको समस्या भएका धेरै बिरामीको उनले उपचार गरेका छन्। 

काठमाडौंमा बुवाआमा बस्ने भएकाले पाको उमेरमा बुबाआमा तथा परिवारसँगै बस्नका लागि आफूले त्यहाँको स्थायी जागिर छाडेर काठमाडौं बस्न थालेको उनले सुनाए।

धरानपछि प्रा.डा. निदेशले डेढ वर्षअघि ललितपुरको लगनखेलमा रहेको पाटन स्वास्थ्य विज्ञान (पाटन अस्पताल)मा काम गर्न थाले। हाल उनी प्रतिष्ठानको मानसिक विभागको प्रमुखको भूमिकामा कार्यरत छन्।

मन पढेर उपचार गर्ने चिकित्सक
सन् २०१४ मा अमेरिकाबाट बिर्सने रोग ‘डिमेन्सिया’ विषयमा डा. निदेशले फेलोसिप गरे। विशेषगरी पाको उमेरमा बिर्सने समस्या हो ‘डिमेन्सिया’। त्यसैले उनलाई मनोचिकित्सक तथा जेरियाट्रिक साइक्याट्रिक विशेषज्ञका रुपमा चिनिन्छ।

मनोचिकित्सा विधामा ३६५ भन्दा धेरै किसिमका रोगपर्ने डा. निदेशले सुनाए। विशेषगरी बिर्सने रोगको रोकथाम तथा उपचार गर्छन् उनी।

त्यसैगरी मस्तिकमा चोट तथा शारीरिक कारणले मानसिक समस्या निम्तिएर व्यक्तिको स्वभावमा परिवर्तन भएको खण्डमा पनि उनले नै हेर्छन्।

उनले सुनाए, ‘शारीरिक समस्यासँग मानसिक समस्या भए हामीले हेर्छौं।’

मादकपदार्थ सेवन गरेर कुलतमा फसेका व्यक्तिको औषधि उपचार गर्ने उनले अध्ययन गरेको चिकित्सकिय विधा हो।

कानमा आवाज आउने, अनावश्यक भ्रम पैदा हुने, उदास हुने, दिक्क हुने, खिन्न हुने, कराउने तथा चिच्याउने जस्ता मानसिक रोगको समस्या भएका धेरै बिरामीको उनले उपचार गरेका छन्। 

धेरैजसो डिप्रेशनको समस्या भएका व्यक्ति आफूकहाँ उपचारका लागि आइपुग्ने गरेको डा. निदेशले सुनाए।

त्यसो त कोरोना महामारीपछि मुटु ढुकढुक गर्ने, डर लाग्ने, मनमा त्रास हुने, शरीर थरर काम्ने, आत्तिने जस्ता मनात्रासको समस्या भएका धेरै बिरामी उपचार तथा परामर्शका लागि आउने गरेको उनले सुनाए।

यस्ता विभिन्न किसिमका मानसिक समस्या भएका व्यक्तिको मनोभावना पढेर तथा बुझेर औषधि उपचार गर्नु डा. निदेशको दैनिकी हो।

३ मंसिर, २०७९, १८:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।