कतार विश्वकपमा मदिरा प्रतिबन्ध !

कतार विश्वकपमा मदिरा प्रतिबन्ध !

एजेन्सी: भोलिबाट सुरु हुने विश्वकप फुटबलमा मदिरा प्रतिबन्ध गरिएको छ। विश्वकप खेलाइने आठ वटा रङ्गशालामा दर्शकलाई मदिरा बिक्री गरिने छैन।

फुटबलको सर्वोच्च संस्था फिफाले विश्वकपको दुई दिनअघि आफ्नो नीति परिवर्तन गरेको हो। यसअघि केही निश्चित क्षेत्रमा मदिरा बिक्री गर्ने तयारी थियो।

यद्यपि रङ्गशालाको कर्पोरेट क्षेत्रमा भने मदिरा खरिद गर्ने सकिने भएको छ। यसपटकको विश्वकपलाई 'बडविजर'ले प्रायोजन गरेको छ। र बडविजरले मात्र तोकिएको स्थानमा मदिरा बिक्री गर्न पाउनेछ।

विश्वकपको पहिलो खेलमा भोलि कतार र इक्वेडर भिड्नेछन्।

३ मंसिर, २०७९, ०८:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।