पहिलो हवाई यात्रामा संसारकै अग्ली महिलाको लागि ६ सिट उखेलेर बनाइयो ओछ्यान

पहिलो हवाई यात्रामा संसारकै अग्ली महिलाको लागि ६ सिट उखेलेर बनाइयो ओछ्यान

एजेन्सी: सोसल मिडियामा संसारकी सबैभन्दा अग्ली महिलाको पहिलो हवाईजहाज यात्राले अहिले मानिसहरुको ध्यान तानिरहेको छ।

तपाईंलाई पनि अनौठो लाग्नेछ कि ती महिलाको शरीर यतिधेरै अग्लो छ कि उनका लागि जहाज भित्रको उचाइ पर्याप्त हुने कुरै भएन । उनको बसाइको बन्दोबस्त गर्नका लागि जहाज भित्रका ६ वटा सिट हटाएर ओछ्यान नै बनाउनु परेको छ।

टर्किस नागरिक रुमेसा गेल्गी संसारकी सबैभन्दा अग्ली महिला हुन्। २५ वर्षीया रुमेसाको जीउको उचाइ ७ फिट ७ इन्च छ। 

रुमेसाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा उनको पहिलो जहाज यात्राका केही तस्वीरहरू शेयर गरेकी छिन् । जसमा उनी टर्किस एयरलाइन्सको जहाजभित्र एउटा लामो सिटमा पल्टिएको देखिन्छ ।

 

उनका लागि ६ वटा इकोनोमी सिटलाई एउटा ओछ्यान आकारमा ढालिएको छ। आफ्नो पहिलो हवाइजहाज यात्राका क्रममा रुमेसा टर्कीबाट अमेरिका गएकी हुन्। उनले १३ घण्टाको हवाई यात्रा गरिन्।

स्मरण रहोस् विश्वको सबैभन्दा अग्लो महिलाको रुपमा गिनिज बुकमा नाम लेखाएकी रुमेसा सबैभन्दा लामो हत्केला हुने महिला पनि हुन्।

२१ कात्तिक, २०७९, १६:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।