उदय अधिकारी र महेश पौड्यालबीचको संवाद ‘फेसिङ अ लिटल भोल्क्यानो’ सार्वजनिक

उदय अधिकारी र महेश पौड्यालबीचको संवाद ‘फेसिङ अ लिटल भोल्क्यानो’ सार्वजनिक

काठमाडौं : समालोचक उदय अधिकारीले लिएको साहित्यकार महेश पौड्यालको अन्तर्वार्ता, ‘फेसिङ अ लिटल भोल्क्यानो’ सार्वजनिक भएको छ।

ललितपुको होटल हिमालयमा चलिरहेको ‘कलिङ्ग साहित्यमहोत्सव’को उद्घाटन समारोहमा साहित्यकारहरू डा. जगमान गुरुङ, अशोक बाजपेयी, तुलसी दिवस, माया ठकुरी र कनकमणि दिक्षीतले अङ्ग्रेजी भाषाको उक्त अन्तरवार्तालाई संयुक्त रूपमा सार्वजनिक गरेका हुन्।

आइतबार सार्वजनिक भएको उक्त पुस्तकमा साहित्यसम्बन्धी २२ फरक फरक विषयमा समालोचक अधिकारी र स्रष्टा पौड्यालबीचको गहन संवाद समेटिएको छ।

संवादले एउटा लेखकको निर्मित, सिर्जनाको पक्ष, समकालीन नेपाली साहित्य र अन्तर्राष्ट्रियकरण, अनुवादका सजिला–अप्ठेरा, बालसाहित्यको वर्तमानअवस्थाजस्ता सार्वजनिक साहित्यिक चासोका विषय समेटेको छ भने स्रष्टा पौड्यालको जीवनमा सबैभन्दा बढी प्रभावपारेका २५ देशी–विदेशी पुस्तकको विवेचना पनि समेटिएको छ।

बि.एन. पुस्तक संसारले बजारमा ल्याएको उक्त पुस्तकको मूल्य २५० रूपैयाँ रहेको छ। समालोचक अधिकारीको यो दोस्रो संवाद–पुस्तक हो।

३१ असोज, २०७९, १४:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।