माछापुच्छ्रे बैंकको व्यवस्थापन र एजेन्टको कर्तुत: हातमा पैसा जम्मा गरेको भौचर छ, खाता भने रित्तै

माछापुच्छ्रे बैंकको व्यवस्थापन र एजेन्टको कर्तुत: हातमा पैसा जम्मा गरेको भौचर छ, खाता भने रित्तै

बुटवल: रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका एक हजारभन्दा बढी स्थानीयले माछापुच्छ्रे बैंक लिमिटेडमा करोडौं रुपैयाँ जम्मा गरेका थिए। तर, उक्त रकम बैंक खातामा जम्मा नै नभएको पाइएको छ।

स्थानीयहरूसँग बैंकमा रकम जम्मा गरेको भौचर साथैमा छ। तर, बैंकमा पुग्दा खातामा पैसा चाहिँ छैन। यसो हुनुमा बैंकका एजेन्ट र व्यवस्थापकको लापरबाही मुख्य कारण रहेको छ।

उक्त बैंक खातामा गाउँपालिकाका वडा नम्बर ५, ७ र अन्य वडाका स्थानीयहरूले रकम जम्मा गरेका थिए।

अहिले पीडित स्थानीयहरू आफ्नो पैसा खोजीको माग गर्दै दिनहुँजसो बैंकको कार्यालयअगाडि प्रदर्शन गरिरहेका छन्। रकम हिनामिना भएपछि उनीहरू न्यायका लागि हारगुहार गरिरहेका छन्।

सम्मरीमाई–५, रोइनिहवाका दयाराम अहिरले माछापुच्छ्रे बैंकको शाखारहित बैंकिङ सेवा लिँदै २१ पटक गरी १५ लाख ८० हजार रुपैयाँ बैंकमा जम्मा गरेका थिए। तर उनको खातामा पैसै छैन।

ग्रामीण क्षेत्रमा बैंकिङ सेवा पुर्याउने उद्देश्यसहित माछापुच्छ्रे बैंकले सम्मरीमाई गाउँपालिकाका स्थानीय एजेन्ट निरञ्जन पाठकसँग सम्झौता गरेर शाखारहित बैंकिङ सेवा दिइरहेको थियो। 

सोही शाखारहित बैंकमा रकम झिक्न पुग्दा पैसा जम्मा नै नभएको भेटिएपछि एजेन्ट र व्यवस्थापनको कुर्तत बाहिर आएको हो।

उक्त शाखारहित बैंकमा स्थानीयहरूले खेती किसानी र वैदेशिक रोजगारीबाट भएको आम्दानीको केही हिस्सा रकम जम्मा गर्दै आएका थिए।

सम्मरीमाई गाउँपालिका–७ का ५० वर्षीया रामदास लोध आफू बैंकमा जम्मा भएको रकम लिन भैरहवा शाखामा जाँदा रकम नभएपछि आत्तिएको बताउँछन्। 

‘दुई छोरा रोजगारीका लागि कतारमा छन्। उनीहरूले पठाएको रकम यहाँ जम्मा गर्थेँ। तर पैसा निकाल्न जाँदा जम्मा ९० हजार मात्र देखेँ। बैंकलाई सोध्दा तपाईंको पैसा यत्ति नै जम्मा गरेको भनेर जवाफ पाएँ’, उनले भने।

रामदासका अनुसार उनले स्थानीय सिकन्दर ठाकुरलाई पैसा बुझाउने गरेका थिए। सिकन्दरले पैसा बुझाएबापतको डिपाजिट भौचर ल्याइदिने गर्दथे। उनले आफ्नो खातामा अहिलेसम्म चार लाख रुपैयाँ जम्मा गरेको भए पनि बैंकमा ९० हजार मात्र जम्मा भएको बताए।

सम्मरीमाई–५, रोइनिहवाका दयाराम अहिरले माछापुच्छ्रे बैंकको शाखारहित बैंकिङ सेवा लिँदै २१ पटक गरी १५ लाख ८० हजार रुपैयाँ बैंकमा जम्मा गरेका थिए। तर उनको खातामा पैसै छैन।

यता बैंकका एजेन्ट निरञ्जन पाठक भने व्यवस्थापकले गल्ती गरेको बताउँदै आएका छन्। ‘मैरै पहलमा (शाखारहित सेवा) यहाँ आएकाले यसको जिम्मेवारी मैले लिन तयार छु। व्यवस्थापकले गल्ती गरेकै हुन्। म यहीँ छु भागेको पनि छैन। स्थानीयको समस्या समधान हुन्छ’, स्थानीय एजेन्ट  पाठकले भने।

सम्मरीमाई- ५ का जागेन्द्रप्रसाद तेलीले पनि आफूले जम्मा गरेको रकम बैंकमा नभएको र आफू व्यवस्थापकबाट ठगिएकाले न्याय पाउनुपर्ने बताए।

पीडितहरूले बैंकमा जनही पाँच हजारदेखि १६ लाखसम्म जम्मा गरेका छन्।

स्थानीयहरूले आफ्नो गाँस काटेर जम्मा गरेको पैसा बैंकबाट हराउनुमा बैंकको व्यवस्थापन र बैंकले राखेका एजेन्टको मिलेमतो भएको कतिपय स्थानीयको आरोप छ।

यता बैंकका एजेन्ट निरञ्जन पाठक भने व्यवस्थापकले गल्ती गरेको बताउँदै आएका छन्। ‘मैरै पहलमा (शाखारहित सेवा) यहाँ आएकाले यसको जिम्मेवारी मैले लिन तयार छु। व्यवस्थापकले गल्ती गरेकै हुन्। म यहीँ छु भागेको पनि छैन। स्थानीयको समस्या समधान हुन्छ’, स्थानीय एजेन्ट  पाठकले भने।

माछापुच्छ्रे बैंकले भने घटना सार्वजनिक भएको एक हप्तापछि मात्र बल्ल अनुसन्धान प्रक्रिया सुरु गरेको छ। सुरुमा एजेन्टविरुद्ध कुनै उजुरी नपरेको भन्दै गैरजिम्मेवारीपूर्ण जवाफ दिएको बैंकले अहिले कानूनी प्रक्रिया अगाडि बढाइएको बताएको छ।

उक्त कार्यबाट अन्य कोही पीडित भएको भए सम्बन्धित प्रहरी कार्यालयमार्फत कानूनी उपचारका प्रक्रियामा सहभागी हुन पनि बैंकले आग्रह गरेको छ। सीमित बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यसहित भएको कारोबारमा कैफियत देखिएकोले उक्त सेवा बन्द गरिएको पनि बैंकले जनाएको छ। 

उक्त बैंकले रुपन्देहीको सम्मरीमाईस्थित रोइनिहवा र लुम्बिनी सांस्कृतिक नगरपालिकाको मुजहानामा स्थानीय सर्वसाधारणहरूलाई सर्वसुलभ तरिकाले बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले तोकिएको शर्तहरूको अधिनमा रही शाखारहित ग्राहक सेवा केन्द्रमार्फत करिब ५ वर्षअघिबाट सेवा सुरु गरेको थियो। 

उक्त क्षेत्रका व्यावसायिक प्रतिनिधि निरञ्जन पाठक र सिकन्दर ठाकुरले विभिन्न निक्षेपकर्ताहरूबाट लिएको रकम सिस्टममार्फत नै भौचर प्रिन्ट गरी उनीहरूलाई भौचर प्रदान गर्नुपर्नेमा बैंक भौचरको अनधिकृत प्रयोग गरी हस्तलिखित भौचर प्रदान गर्ने र बैंकको अनलाइन सिस्टममा रकम जम्मा नै नगरी आफैँ रकम राख्ने गरेकोले उनीहरूलाई कानूनी प्रक्रियामा ल्याइएको बैंकले जानकारी दिएको छ।

पाठक र ठाकुरले ग्राहकको रकम व्यक्तिगत हैसियतमा दुरुपयोग गरेको स्वीकार गरेको बैंकले जनाएको छ।

उक्त कार्यबाट अन्य कोही पीडित भएको भए सम्बन्धित प्रहरी कार्यालयमार्फत कानूनी उपचारका प्रक्रियामा सहभागी हुन पनि बैंकले आग्रह गरेको छ। सीमित बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यसहित भएको कारोबारमा कैफियत देखिएकोले उक्त सेवा बन्द गरिएको पनि बैंकले जनाएको छ।

३० असोज, २०७९, १०:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।