तारा अधिकारीको ‘देऊ न माया नम्बर’ सार्वजनिक

तारा अधिकारीको ‘देऊ न माया नम्बर’ सार्वजनिक

काठमाडौं : गीतकार तारा अधिकारीको शब्द रचनामा रहेको गीत ‘देऊ न माया नम्बर’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

किशोर विश्वकर्माको संगीत र उदयराज पौडेलको संगीत संयोजन रहेको गीतमा किशोर विश्वकर्मा र सुनिता कार्कीको स्वर छ। कुमार केसीले रेकर्डिङ, मिक्सिङ र मास्टरिङ गरेको यो गीत फिल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो।

संगीतकार तथा गायक किशोर विश्वकर्मा र रोशनी कार्कीले भिडियोमा अभिनय गरेका छन्।

शिव ढकालको छायांकन र नहकुल खड्काको सम्पादन रहेको भिडियोलाई गीतकार अधिकारीले नै निर्देशन गरेका छन्। यो उनले निर्देशन गरेको दोस्रो भिडियो हो।

१७ असोज, २०७९, २०:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।