बाई-बाई बुटवल [फोटोफिचर]

बाई-बाई बुटवल [फोटोफिचर]
तस्बिरहरू: विकाश पराजुली

बुटवल: नेपालीहरूको महान् चाड दशैं मनाउन थुप्रै मानिसहरू कर्मथलो छोडेर जन्मथलो जान्छन्। शहर बजारका क्षेत्र अहिले क्रमशः सुनसान हुँदै गएको छ भने चकमन्न हुने गाउँ-घर अहिले गुल्जार भएका छन्।

आज दशैंको आठौँ दिन अर्थात् अष्टमी। आज घर-घरमा खसी-बोका, च्याङ्ग्रा, राँगा लगायत पशुको बली दिने चलन छ। त्यसैले पनि आज धेरैलाई घर जाने हतार छ।

यस्तै हतार बुटवल बसपार्कमा देखियो। बुटवलबाट पहाडी जिल्लाहरू गुल्मी, अर्घाखाँची, पाल्पा, स्याङ्जा, प्युठान, रोल्पा, रुकुम लगायततिर जानेहरूको भीड यतिबेला बसपार्कमा देखिन्छ।

युवतीहरू मोबाइलबाट बुटवल बसपार्क अनि आफ्नो यात्राको फोटो खिच्दै गरेको देखिन्छ।

गाडीहरू खचाखच भरिएका छन्। हुडभरि सामान नै सामानको पोका छन्। बसपार्कका कर्मचारीलाई टिकट बाँड्न भ्याइनभ्याई छ।

१७ असोज, २०७९, १०:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।