हैन भन्दै द्वारिका चौधरी माओवादीमा गए

हैन भन्दै द्वारिका चौधरी माओवादीमा गए

काठमाडौँ : इटहरी उपमहानगरपालिकाका पूर्व मेयर द्वारिका चौधरी माओवादी केन्द्र प्रवेश गरेका छन्। एमालेबाट निर्वाचित चौधरी केही सहयोगीसहित माओवादीमा प्रवेश गरेका हुन्।

चौधरी प्रदेश सभाको टिकटको आकाङ्क्षी थिए तर नपाउने देखेपछि पार्टी छोड्ने मनस्थितिमा थिए। उनी शनिवार सहयोगीसहित काठमाडौँ आउनुको कारण सार्वजनिक भए पनि उनले अस्वीकार गर्दै आएका थिए।

तर आइतबार बिहान उनी  एमालेका स्थानीय नेता तथा कार्यकर्तासहित माओवादी पार्टीमा प्रवेश गरे। चौधरी आफ्नो कार्यकालमा बोलीका कारण पटक-पटक विवादमा तानिएका थिए। 

१६ असोज, २०७९, १२:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।