अविवाहित गायक राजेश पायल बाबु बनेका हुन् ?

अविवाहित गायक राजेश पायल बाबु बनेका हुन् ?

काठमाडौँ : भर्खरै जन्मिएको नवजातलाई माया गर्दै गरेको अनि कपडा मिलाउँदै गरेको मात्रै हैन एक युवतीसँग प्रेमिल पोजमा देखिएका गायक राजेश पायल राई बाबु बनेको खवर फैलियो दशैँको माहौलमा।

अस्पतालको बेडमा बच्चालाई सुताउँदै गरेको भिडियोदेखि लिएर युवतीसँगको तस्बिर सञ्जालहरूमा भाइरल भइरहेका छन्। तर यसबारे राई अझैँ मौन छन्।

उनी प्रेममा रहेको भनेर केही समय अगाडिदेखि नाम जोडिएको युवती साङबुङ राईकै टिकटक आइडीबाटै तस्बिर र भिडियो सार्वजनिक भएको हो।

हालसालै तस्बिर र भिडियो सार्वजनिक भए पनि राई २ महिना अगाडि बाबु बनेको दाबी आइरहेका छन्।  राजेश पायल र साङबुङ दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेको दाबीहरू आइरहेका छन्।

साङबुङ राईको फ्यानको रूपमा सम्पर्कमा आएपछि दुबैबिच प्रेम सम्बन्ध भएको र पछि दुवै लिभिङ टुगेदर बस्न थालेको दाबी छ। राजेश ४६ हाराहारीका भए भने सङबुङ भने भर्खर २० वर्षकी।

राईले साङबुङलाई नक्सालको घरमा राखेको दाबीहरू सार्वजनिक भए पनि यसबारे औपचारिक पुष्टि भने हुन सकेको छैन। तस्बिरहरू सार्वजनिक भएर राई अविवाहित बाबु भनेको दाबी आइरहँदा पनि उनी मौन रहनुले दाबी केवल दाबी मात्रै हैन भन्ने देखाउँछ नै।

१५ असोज, २०७९, २३:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।