युक्रेनका थप चार क्षेत्र औपचारिक रूपमै रुसमा मिसिँदै, पुटिनले भोलि हस्ताक्षर गर्ने

युक्रेनका थप चार क्षेत्र औपचारिक रूपमै रुसमा मिसिँदै, पुटिनले भोलि हस्ताक्षर गर्ने

एजेन्सीः रुसले युक्रेको थप चार क्षेत्रलाई औपचारिक रुपमै आफ्नो क्षेत्रमा मिसाउने भएको छ। शुक्रबार राष्ट्रपति भ्लादिमिर पुटिनले यसमा हस्ताक्षर गर्दैछन्।

युक्रेनमा भएको जनमत संग्रहपछि यो निर्णय लिइएको पुटिनले जनाएका छन्। युक्रेन र अन्य पश्चिम िदेशले निन्दा गरेको छ। रुसले जनमत संग्रहमा आफूलाई समर्थन मिलेको बताए।

लुहान्सक, दोनेत्सक, जापोरिज्जिया र खेरसानमा गरिएको जनमत संग्रहपछि ती क्षेत्र रुसले आफ्नो भएको दाबी गरेको हो।

हस्ताक्षर गरेपछि शुक्रबार राष्ट्रपति पुटिनले क्रेमलिनमा एक सम्बोधन गर्नेछन् जसको लागि मस्कोको रेड स्क्वायरमा एक भव्य मञ्च बनाइएको छ। समारोहले यी चार क्षेत्रलाई आधिकारिक रुपमा रुसको मानेर होडिङ्ग राखिनेछ।

२०१४ मा भएको जनमत संग्रहपछि क्रिमियालाई रुसले आफ्नो बनाएको थियो। युक्रेनका चार क्षेत्रमा भएको जनमत संग्रहको स्वतन्त्र रूपले निगरानी नभएको बताइएको छ। अमेरिकाले जनमत संग्रहलाई दिएर रुसलाई प्रतिबन्ध लगाउने बताइसकेको छ।

१३ असोज, २०७९, १८:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।