दशैंअघिको अन्तिम दिन शेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार पनि बढ्यो

दशैंअघिको अन्तिम दिन शेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार पनि बढ्यो

काठमाडौंः दशैं अगाडिको आन्तिम कारोबार दिन शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ।

बिहीबार नेप्से परिसूचक १६.२९ अंकले बढेर १८५३.७६ विन्दुमा पुग्दा ठूला कम्पनीको कारोबार हेर्ने सेन्सेटिभ परिसूचक ३.८३ अंकले बढेर ३६३.४२ विन्दुमा उक्लेको छ।

कारोबार रकम बुधबारबो तुलनामा केही बढेको छ। बुधबार ४८ करोडको कारोबार भएकोमा १७ लाख ९१ हजार ४८० कित्ता सेयर किनबेच हुँदा ६३ करोड २७ लाख ७ हजार ६२८ रूपैयाँको कारोबार भयो।

यसदिन जीवन बीमाबाहेक सबै उपसूचक बढेका छन्।

१३ असोज, २०७९, १५:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।