उमेरदार गायिका विवादमा परेपछि गायिका रचना व्यस्त, दसैँमा रौतहटदेखि युगान्डासम्म जाने

उमेरदार गायिका विवादमा परेपछि गायिका रचना व्यस्त, दसैँमा रौतहटदेखि युगान्डासम्म जाने

काठमाडौँ : गायिका रचना रिमाललाई भ्याई नभ्याई छ यो दसैँमा। स्वदेशमा मात्रै हैन विदेशमा समेत दसैँको छेको पारेर साङ्गीतिक कार्यक्रम राखिएको छ। आफ्नो उमेर समूहका गायिकामध्ये एक बलात्कार घटनामा परिन्। अर्की एलिना चौहान हुन्। तर एलिनाको पनि मार्केट डिमान्ड घट्दै गएको छ।

त्यसले उनको व्यस्तता बढाएको छ। उनी दसैँ भर स्वदेशमा नेपालगन्ज, काभ्रे, झापा, स्याङ्जा अनि रौतहटमा दौडधुपमा हुनेछिन्।

यही दसैँमै उनी युगान्डा समेत जाँदैछिन्। युगान्डामा १९ गते हुने दसैँ फेस्टिभल कन्सर्टका लागि उनी युगान्डा जान लागेकी हुन्। युगान्डा गएर फर्किए लगत्तै उनी २२ गते स्याङ्जामा आयोजना हुने सांस्कृतिक कार्यक्रम तथा पुनर्मिलन कार्यक्रमका लागि मिर्मि पुग्ने छिन्।

पाँचखालमा उनले महोत्सवमा गीत गाउँदै छिन्। देवचुलीमा उनी अखिल साँझमा सहभागी हुन लागेकी हुन्। झापाको बुधवारेमा बुधवारे महोत्सवमा उनी सहभागी हुनेछिन्। रौतहटमा सांस्कृतिक कार्यक्रममा उनलाई निम्ता आइसकेको छ।

१२ असोज, २०७९, २०:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।