उकेरा मन्थन

वकिलकी श्रीमतीले न्याय नपाउँदा...


कोभिड–१९ को महामारीपछि भएको लकडाउनमा घरमै बस्नुको विकल्प रहेन। घरमा दुई सन्तान श्रीमान्, म र केही दिनअघि गाउँबाट आएकी ७३ वर्षीया सासु बस्थ्यौं। सासु कहिले मामा ससुराको घर कहिले हाम्रो घर त कहिले देवरको घरमा बस्नुहुन्थ्यो।

२०७८ चैतमा सरकारले लकडाउन गरेपछि समय रमाइलैसँग बितिरहेको थियो। मिडियाहरूमा लकडाउनका कारण घरेलु हिंसा बढेको समाचार आइरहेको थियो। समाचारहरू पढिरहँदा मलाई लागेन की म माथि पनि हिंसा होला। तर, अचानक मैले सोच्दै नसोचेको घटना भइदियो।
 

कुरा २०७८ जेठ २५ गतेको हो। लकडाउन लामो समयसम्म भएकाले छोराको कपाल काटेको थिएन। त्यो दिन बिहान ७ बजे हजामले कपाल काट्न आउनु भनेर बोलाएको थियो। मैले छोरीलाई ‘हजुरआमालाई तातोपानी तताएर देऊ है’ भनेर सैलुन गएँ। खाना बनाउने खाने गरि बित्यो दिन।

मध्यरात भयो। दुई सन्तान चेपेर सुतिरहेकी मलाई लिन प्रहरी घरमै आयो। पेशाले वकिल रहेकी नन्द प्रहरी लिएर सल्लाघारी स्थित घरमै आउँदा म अक्क न बक्क परेँ। केही बुझ्नै सकिन।

‘यही हो आमा कुट्ने समा–समा भाग्छे’ देवरले मलाई देखेर चोर औंला तेर्स्याउँदै चिच्याए। भर्याङ छेकेर नन्द बसिन। तर, मैले कुरा बुझ्न सकिन। पूर्वजानकारी विना के का आधारमा कसका लागि किन र कसरी प्रहरी ल्याइयो, अनगिन्ती प्रश्नहरू मनमा खेल्न थाले।

सबै तिर हेरे महिला प्रहरी कोही पनि थिएनन्। म हतासिएको थिएँ। किन समाते मलाई। मेरो गल्ती के छ? मध्यरातमा प्रहरी आउनुपर्ने हाम्रो घरमा के घटना घटयो त्यस्तो? मैले प्रहरीलई सोध्दै थिएँ। छिमेकीले हाम्रो घरमा पुलिस आएको थाहा पाए।

टोल भरी हल्ला खल्ला हुन थाल्यो। हतास–हतासमा म छिमेकीको घर पुगेँ, कारण मेरा माइतीपट्टीका कोही थिएनन्। मुद्दामामिला र पुलिस केस कहिले पनि नझेलेकी म। घरकै देवर–नन्दले गरेको त्यस्ता व्यवहारदेखि बच्नु थियो।

म शिक्षित र आफैं आत्मनिर्भर छु। मेरा दुईवटा मन्टेश्वरी छन्। बिहे गरेका दिनदेखि आजसम्म म आफैँ सक्षम भएर बसेकी महिलालाई हुँदै नभएको र गर्दै नगरेको लाल्छना यसरी लगाइन्छ, मैले सोचेको पनि थिइन्।

‘बुहारी आऊ सल्लाह गरौं’, मामा ससुराको आवाज आयो। एमाले र नेपाली कांग्रेसको केन्द्रीय तहका नेताहरूका साथै मानव अधिकार आयोगमा काम गर्ने आफन्तहरूको बीचमा घर बनाएर बसेकी मलाई मामा ससुराको सकारात्मक बोलीले समस्या समाधान गर्छ भन्ने लाग्यो।

यति ठूल्ठूला तह र पदमा रहेका आफन्तले सहयोग गर्छन् भन्ने ठूलै आश गरेर छिमेकीको घरबाट निस्किएर आफ्नो घरतिर लागेँ। सल्लाहविनै प्रहरीले मलाई भ्यानमा कोच्यो। प्रहरी चौकी किन पुर्‍याइँदैछ भन्नेबारे जानकारी दिएनन्। न त मलाई पक्राउ पुर्जीनै दिए न त व्यहोरा नै खुलाइयो।

पछि थाहा भयो, विहान ७ बजे मैले सासुलाई कुटेको भनेर राति नै नन्द र देवर मिलेर प्रहरी लिएर आएका रहेछन्। त्यसपछि मलाई महानगरी प्रहरी वृत्त पुर्‍याइयो। प्रहरीले मलाई अस्पताल लगेर स्वास्थ्य परीक्षण गरायो।

हैन! यदि सासुलाई मैले कुटेको हो भने मेरो मात्र किन स्वास्थ्य परीक्षण गरियो? सासुलाई किन जाँच गरिएन? कारण के हो? भन्नेबारे न त मैले बुझेँ, न जानकारी दिइयो। सासुलाई २४ घण्टाभित्र झिकाउनु भएन र मलाई नभएको आरोप लगाएर फसाए मेरो तर्फबाट प्रक्रियामा जान्छु भनेपछि महिला सेल गम्भीर देखियो।

अघिल्लो दिनदेखि नै गायब भएका नन्द, देवर र सासु आमालाई भोलिपल्ट खोज तलास गरेर झिकाइयो। सासुसँग सोधपुछ सुरु गरियो। मलाई केही पनि नभएको सुगर र प्रेसर मात्र भएको सासुले बताउनुभयो। सासुको माग बुहारीले मलाई ७५ हजार दिनुपर्‍याे भन्ने थियो।

बुढी सासुलाई प्रयोग गरेर देवर र नन्दले खेलेको भूमिका देखेर प्रहरीले पैसा बुहारीसँग हैन छोरासँग माग्ने र आजदेखि छोरीकैमा बस्ने भनेर जवाफ दिए।

आफ्नै श्रीमान वकिल हुँदा–हुँदै पनि मेरो घरमा कसरी यस्तो घटना घट्यो त, म चकित नै छु। विभिन्न क्षेत्रमा स्थापित मेरो शिक्षित परिवारभित्र पनि यस्तो अकल्पनीय षड्यन्त्रमा बुहारीलाई फसाइन्छ र प्रहरी चौकी पुर्‍याइन्छ भने अशिक्षित ती महिलाहरू जो आश्रित छन्, उनीहरूको अवस्था के होला?

मैले मेरा वकिल श्रीमान्बाट सत्य, तथ्य कुराको बारेमा छलफल होला, कानूनी उपचार प्रक्रिया होला या कुनै घरायसी सरसल्लाह गर्ने वातावरण जुर्ला की भन्ने आश पनि गरेँ। तर, त्यस्तो कहिले पनि भएन। म विरक्तिँदै नगरपालिकाको न्यायिक समितिमा पुगेँ।

जिल्ला प्रशासन कार्यालयबाट शान्ति सुरक्षा कायम गराइपाऊँ भनि पत्र बनाइ दिनुभयो। सिडियो र जिल्ला प्रहरी कार्यालयद्वारा यस घटनाबारे छानबिन गर्न पुनः स्थानीय प्रहरी प्रभागमा पठाइयो। तर, नन्द र देवर भने प्रहरी चौकीमा बोलाउँदा पनि उपस्थित भएनन्। प्रहरीको आदेशलाई दुवै जनाले निरन्तर अवज्ञा गरे।

मेरो शान्त मन, मस्तिष्क, डर, त्रास र भयमय हुन पुग्यो। म विचलित हुन पुगेँ। जुन मेरो सामान्य जीवन थियो। त्यो जीवन तनावै–तनावमा गुज्रन थाल्यो। यो विषयलाई लिएर म महिला वकिल र महिलाको हकहितमा काम गर्ने कानूनी सल्लाहकारकोमा गएँ। उनीहरूले म माथि षड्यन्त्रपूर्ण घरेलु हिंसा भएको परामर्श दिए पनि मेरो तर्फबाट वकालत गर्न कोही राजी भएनन्।

मेरो जस्तो शिक्षित परिवारमा त महिलामाथि घरेलु हिंसा हुन्छ भने ती अशिक्षित, एकल, कुनाकन्दरामा महिलाहरूमा माथि के होला? शारीरिक रूपमा मात्रै कुटपिट गर्नु हिंसा होइन। विनाकसुर आरोप लगाएर मानिसक रूपमा तनाव दिनु पनि महिला माथि हुने घरेलु हिंसा हो।

बुहारी हुँदैमा हिंसा सहन सक्ने शक्ति लिएर आएका हुँदैनन्। बुहारीको पनि स्वतन्त्रता, आत्मसम्मान, मर्यादा र स्वाभिमान हुन्छ। महिला भएर कुनै पनि हिंसामा चुप लागेर बस्नु समाधान पक्कै होइन।

महिलाले आफ्ना बालबालिकाको शिक्षा, दिक्षा, लालनपालन आदि कुरामा महिलाको गहन भूमिका निभाएको पक्कै हुन्छ। आफ्ना बालबालिकाको भविष्यसँग जोड्ने यस्ता पारिवारिक किचलोले पक्कै कलिला बालबालिकाको मन मष्तिस्कमा कस्तो प्रभाव पर्दछ?

त्यसैले कुनै पनि हिंसामा चुप लागेर बस्नु समाधान हुँदै होइन। यसका लागि आफूलाई भएका हिंसा बारे बोलौं र न्यायको लागि अग्रसर होऔं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

संसारलाई झुक्याउने किट्टियाको फोटोग्राफीमा पहिल्यैदेखि 'कन्भिन्स्ड' थिएनन् फोटोपत्रकार चन्द्रशेखर कार्की

अस्वाभाविक प्रकाश र कोलाज इफेक्ट (तस्बिरहरू जोडिएको) हुनसक्ने आकलनपछि अल्पाइनम्याग्ले यसबारे खोज गरेको रहेछ। जसमा किट्टियाले सार्वजनिक गरेको चारमध्ये तीन फोटो म्यानिप्युलेट गरिएको तथ्य अगाडि....

निर्वाचन डायरी: काठमाडौंका मतदान केन्द्रमा 'लाइन' कम भएको अधिकांशको अनुभव

मतदान गर्न पुग्नेले यसपालि सहज रूपमा मतदान गरेको पनि बताए। मतदानका लागि लामो 'लाइन' नभएकाले सहज भएको मतदाताको भनाइ थियो। बानेश्वर क्याम्पस मतदान केन्द्रमा मतदान गरेर....

पाँच वर्ष पछुताउनु नपर्ने गरी मताधिकार प्रयोग गरौँ

आज हामी मतदाताले मतदानमार्फत जस्तो जनादेश दिन्छौँ आगामी पाँच वर्षको दृश्य त्यस्तै नै हुनेछ। योजना भएकालाई मत दिएर संसद्मा पठाए विकासको शिलान्यास हुनसक्छ, अनुशासितलाई पठाए....

के नजिकका दाजुभाइ-दिदीबहिनीबीच विवाह रोक्न भाइटीका लगाउन सुरु गरिएको हो ?

यमुनाले आफ्ना दाजु यमको पूजा गरेर दीर्घायु र अटल प्रेमको कामना गरेको प्रसङ्गपछि नै भाइपूजाको चलन सुरू भएको कथन छ। भाइपूजाको प्रसङ्ग भविष्य पुराण,....

परम्पराअनुसार आज जुवा खेल्ने दिन*: हार्नेलाई वर्षभरि क्षति हुने, जित्नेलाई लाभ

बलिले आफ्नो प्रताप (शक्ति)का कारण स्वर्ग, मर्त्य र पाताल तीनै लोकलाई आफ्नो वशमा पार्न सफल भएका थिए भन्ने पौराणिक कथन छ। विष्णुले बलिलाई ठीक ठाउँमा....