बंगलादेशविरुद्धकाे मैत्रीपूर्ण फुटबलमा नेपालको अग्रता दोब्बर, अञ्जनको दुई गोल

बंगलादेशविरुद्धकाे मैत्रीपूर्ण फुटबलमा नेपालको अग्रता दोब्बर, अञ्जनको दुई गोल

काठमाडौंः बंगलादेशविरुद्धको मैत्रीपूर्ण फुटबलमा नेपालले अग्रता दोब्बर बनाएको छ।

दशरथ रंगशालामा जारी खेलमा खेलको १८औं र २७औं मिनेटमा अञ्जन विष्टले गोल गरेर नेपाललाई अग्रता दिलाएका हुन्।

१८औं मिनेटमा विमल घर्तीमगरले प्रहार गरेको फ्रिकिकलाई विष्टले हेडमार्फत जाली चुमाएका हुन् भने २७औं मिनेटमा गोलकिपरले रिबाउन्ड गरेको बलमा अञ्जनले गोल गरे।

अञ्जनले अन्तर्राष्ट्रिय खेलमा यो नवौं गोल हो।

११ असोज, २०७९, १८:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।