भारतकै 'नेशनल क्रश' रश्मिकाका भाग्यमानी फ्यान जसले मुटुमै पाए अटोग्राफ

भारतकै 'नेशनल क्रश' रश्मिकाका भाग्यमानी फ्यान जसले मुटुमै पाए अटोग्राफ

एजेन्सी: गुगलमा 'नेशनल क्रश अफ इण्डिया' लेखेर टाइप गर्नुभयो भने नतिजामा रश्मिका मण्डना देख्न पाइन्छ। सुन्दरता, अभिनय र फ्यानहरूसँगको उनको व्यवहारले गर्दा रश्मिका छिट्टै लोकप्रिय भइन्।

केही समयअगाडि त उनले 'सामी सामी' बोलको गीतमा नाचेकी एक नेपाली बालिकाको भिडियो शेयर गर्दै भेट्न चाहेको पनि बताएकी थिइन्।

दक्षिण भारतीय अभिनेत्री रश्मिका 'डियर कमरेड' फिल्मबाट चर्चामा उदाइन्। अनि 'पुष्पा'ले त उनलाई कहिल्यै पछाडि पर्नै नपर्ने गरी चर्चित बनाइदियो। उनको फ्यान फलोइङको त के कुरा!

हालसालै रश्मिकाका एक यस्ता फ्यान देखापरे जसले मुटुमा नेशनल क्रशको अटोग्राफ पाए। 

खासमा रश्मिका बलिउडमा डेब्यु गर्दैछिन्। फिल्म 'गुडबाइ' मार्फत्। यतिबेला उनी फिल्मको प्रोमोशनमा व्यस्त छिन्।

प्रोमोशन इभेन्टमै रश्मिकाका एक फ्यान आएर उनीसँग अटोग्राफ माग्छन्। उनी रश्मिकालाई आफ्नो मुटुमा अटोग्राफ दिन भन्छन्। रश्मिका अलि अप्ठ्यारो मान्छिन्। ती युवा फ्यान जिद्दी गर्छन्। अनि रश्मिका पनि के कम फ्यानलाई खुशी बनाउँछिन्।

यो भिडियो यतिबेला सामाजिक सञ्जालमा खुब भाइरल भइरहेको छ।

११ असोज, २०७९, ११:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।