रूसी विद्यालयमा गोली चल्दा सात विद्यार्थीसहित १३ को मृत्यु, तीन दिने शोकको घोषणा

रूसी विद्यालयमा गोली चल्दा सात विद्यार्थीसहित १३ को मृत्यु, तीन दिने शोकको घोषणा

एजेन्सीः रूसको इजेभ्स्क शहरको एक विद्यालयमा सोमबार भएको गोलीकाण्डमा सात बालबालिकासहित कम्तीमा १३ जनाको मृत्यु भएको छ।

रुसी अनुसन्धान समितिलाई उद्धृत गर्दै तास समाचार एजेन्सी जनाए अनुसारपश्चिमी रुसको उडमुर्त गणतन्त्रको राजधानी इजेभ्स्कको शहरी प्रशासन भवन नजिकै रहेको विद्यालयमा भएको आक्रमणमा सात बालबालिकासहित १३ जनाको मृत्यु भएको छ। घटनामा १४ बालबालिका र अन्य सात जना घाइते भएका छन्।

यसअघि यहाँको प्रशासनले दिएको जानकारीमा गोली लागि नौ जनाको मृत्यु हुनुका साथै अन्य २० जना घाइते भएको टिआरटी न्यूजले जनाएको छ।

आक्रमणकारीले आत्महत्या गरेको र उसको शव फेला परेको र उसले नाजी चिन्ह अङ्कित कालो टि–सर्ट र मास्क लगाएको भेटिएको रूसी प्रहरीले जनाएको छ।

आक्रमण भएको विद्यालयमा ९८२ विद्यार्थी र ८० शिक्षक रहेका छन्। घटनाप्रति दुःख व्यक्त गर्दै उदमुर्त गणतन्त्रको प्रशासनले सोमबारदेखि तीन दिने शोकको घोषणा गरेको छ।

१० असोज, २०७९, २१:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।