भारतमा ट्र्याक्टर पाेखरीमा पल्टिँदा १० जनाको मृत्यु

भारतमा ट्र्याक्टर पाेखरीमा पल्टिँदा १० जनाको मृत्यु

एजेन्सीः लखनउको इटौन्जादेखि कुम्हरावान तर्फ जाँदै गरेको ट्रयाक्टर पल्टिँदा १० जनाको मृत्यु भएको छ।

४६ जना सवार ट्र्याक्टर पल्टिएर पोखरीमा खस्दा दुर्घटना भएको समाचार एजेन्सी एएनआईले जनाएको छ।

घाइतेहरूलाई इटौन्जा सीएचसीमा भर्ना गरिएको छ।

लखनउ रेन्जका आईजी लक्ष्मी सिंहका अनुसार ट्रयाक्टरको ट्रली असन्तुलन भएर इटौन्जाको पोखरीमा पल्टिएको हो।

एसडीआरएफको टोली घटनास्थलमा पुगेर  ३७ जनाको उद्धार गरिसकेको छ।

१० असोज, २०७९, १९:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।