सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेपछि एक इरानी र्‍यापरलाई मृत्युदण्डको सजाय

सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेपछि एक इरानी र्‍यापरलाई मृत्युदण्डको सजाय

एजेन्सी : सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको अभियोगमा एक इरानी र्यापरलाई मृत्युदण्डको सजाय सुनाइएको छ।

२०२२ मा महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि शुरू भएको आन्दोलनलाई तमज सालेहीले आफ्ना गीतमार्फत समर्थन गरेका थिए।

सालेहीका वकिलहरूमध्ये एक अमिर रायसियनले सजायविरुद्ध अपील गर्ने बताएका छन्। यसबारे इरानी प्रशासनले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

सालेही पहिलो पटक सन् २०२२ को अक्टोबरमा पक्राउ परेका थिए। त्यसबेला उनले प्रदर्शनको समर्थनमा सार्वजनिक वक्तव्य दिएका थिए।

कयौं आरोप लगाइएका उनलाई जुलाई २०२३ मा छ वर्ष तीन महिनाको जेल सजाय सुनाइएको थियो।

तर, जनवरी २०२४ मा इस्फाहानको क्रान्तिकारी अदालतले सालेही विरुद्ध नयाँ अभियोग लगाएको थियो।

अदालतले सालेहीलाई भ्रष्टाचार, सरकारविरुद्ध कूप्रचार र दंगा भड्काउने लगायतका कैयौं अभियोगमा दोषी ठहर गरेको छ।

अदालतले उनलाई मृत्युदण्डको सजायविरुद्ध अपील गर्न २० दिनको समय छ।

१३ बैशाख, २०८१, १३:४१:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।