भाटभटेनीमा नेपाल पेबाट भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक

भाटभटेनीमा नेपाल पेबाट भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक

काठमाडौंः भाटभटेनी सुपरमार्केटमा नेपाल पेबाट भुक्तानी गर्दा ग्राहकले १० प्रतिशत क्यासब्याक पाइने भएकाे छ।

नेपालभरका भाटभटेनीका शाखाहरूमा असोज ९ गतेदेखि २२ गतेसम्म उपलब्ध हुने अफरमा अधिकतम १ सय रूपैयाँसम्म क्यासब्याक पाइने कम्पनीले जनाएको छ

डाइनामिक क्यूआरको रूपमा हालै उक्त सुपरमार्केटमा उपलब्ध नेपाल पे क्यूआरमा ग्राहकले मोबाइल बैंकिङ्ग वा वालेट वा कनेक्ट आईपीएस मोबाइल एपबाट सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्नेछन्।

चाडपर्वको समयमा देशको सबै भन्दा ठूलो रिटेल स्टोरमा लागू गरिएको अफरले नगद रहित भुक्तानीलाई थप प्रोत्साहन हुने कम्पनीको विश्वास छ।

हाल यो नेपाल पे क्यूआरको सुविधान एभरेष्ट बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, एनआइसी एसिया, सानिमा बैंक, सनराइज बैंक, कामना सेवा बिकास बैंक, गुडविल फाइनान्स, आइसिएफसी फाइनान्स, सम्बृद्धि फाइनान्स, सेलपे, मोरु र कनेक्ट आईपीएस मोबाइल रूपमा उपलब्ध छ।

१० असोज, २०७९, १४:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।